दसैंको रातिदेखि बेपत्ता भएका प्रख्यात सुनकोसी किनारमा मृ*त फेला
Read the full story at Onlinekhabar (Nepali)

२५ कात्तिक, खोटाङ । गत कात्तिक ४ गते रातिदेखि सम्पर्कविहीन बनेका ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–३ उँबुका २२ वर्षीय प्रख्यात राई मृत फेला परेका छन् । सांस्कृतिक कार्यक्रममा जाने भन्दै घरबाट निस्किएका राई खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारस्थित सुनकोसी नदीको राजदह नजिकै बालुङमारीमा मृत फेला परेका हुन् । उनी कात्तिक २४ गते राति मृत फेला परेको प्रहरीले जनाएको छ ।
स्थानीयले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै प्रहरी चौकी च्यास्मीटारबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । उँबुबाट रातारात बालुङमारी पुगेका आफन्तले शवको पहिचान गरेको मानेभञ्ज्याङ गाउँपालिका कांग्रेस सभापति हुकुमसिं राईले बताए । प्रख्यातको खोजीका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेस क्याम्प खुर्कोटबाट गोताखोरसहितको टोली तथा हर्कपुरस्थित मनसुन प्रतिकार्य अस्थायी सुरक्षा बेसको टोली परिचालन गरिएको थियो ।
तर, उनीहरूको खोजी गरिएको क्षेत्रभन्दा तल्लो भागमा शव फेला परेको हो । मानेभञ्ज्याङ गाउँपालिका–६ जाक्पामा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा जाने भन्दै प्रख्यात कात्तिक ४ गते राति साढे ९ बजे घरबाट निस्किएका थिए । तर, उनी कार्यक्रममा नपुगेको स्थानीयले बताएका छन् । बाहुनीडाँडाकी एक युवतीलाई भेट्न जयरामको पुरानो झोलुङ्गे पुलमा पुगेको खुलेको उनका बुवा प्रकाशहरी क्याम्पा राईले बताए ।
More politics
- Woman killed in elephant attack in KanchanpurKathmandu Post
- US jury finds Naresh Bhatt guilty of murdering wife Mamta KafleKathmandu Post
- Palpa’s Dhaka cloth weaves its way from festive gifts to tourist keepsakesKathmandu Post
- Karnali announces trials for 14 sports ahead of National GamesKathmandu Post
- Nepal celebrates Bhai Tika, the final day of TiharKathmandu Post
- Koshi recognises 13 additional languages for official useKathmandu Post