Skip to main content
राजनीतिOnlinekhabar (Nepali)2 outlets covering

रोनाल्डोको सन्यसापछि पोर्चुगलको फराकिलो हार

Read the full story at Onlinekhabar (Nepali)

रोनाल्डोको सन्यसापछि पोर्चुगलको फराकिलो हार

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएपछि पोर्चुगलले खेलेको पहिलो खेलमा डेनमार्कसँग ४-१ ले पराजित भएको छ । युइएफए नेसन्स लिग अन्तर्गत शनिबार राती भएको खेलमा पोर्चुगलका खेलाडीहरुले रोनाल्डोको सम्मानमा जर्सी नम्बर ७ लगाएर मैदान प्रवेश गरेका थिए । अनी खेलको सातौं मिनेटमा स्ट्यान्डिङ ओभेएसन पनि दिए । डेनमार्कका लागि रासमस होएलन्डले ५०औं र ५७औं मिनेटमा गोल गरे ।

पिएरे एमिल होएवर्गले ४३औं मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए । यस्तै योकिम एन्डरसनले ७५औं मिनेटमा गोल गरे । डेनमार्कसँग पराजित भएपनि लिग ए को ग्रुप फोरमा ५ खेलबाट १२ अंकसहित पोर्चुगल शीर्ष स्थानमै छ र यसअघि नै क्वाटरफाइनलमा स्थान पक्का गरिसकेको छ । तेस्रो जितपछि डेनमार्क पनि ९ अंक जोडेर दोस्रो स्थानमा छ र क्वाटरफाइनल नजिक छ । अब समूहको अन्तिम खेलमा डेनमार्कले नर्वेसँग खेल्नेछ ।

नर्वेले पनि वेल्सलाई ३-१ ले पराजित गर्दै दोस्रो जित हात पारेको छ । नर्वेका लागि एन्टोनियो नुसा, आन्द्रेस सेल्ड्रुप र एर्लिङ हालान्डले एक-एक गोल गरे । वेल्सका डेभिड ब्रुक्सले एक गोल फर्काए । नर्वेको ५ खेलबाट ६ अंक भएको छ ।

In English

Portugal suffers heavy defeat after Ronaldo's retirement

Kathmandu. Portugal suffered a 4-1 defeat to Denmark in its first match after Cristiano Ronaldo announced his retirement from international football. In the match played on Saturday night under the UEFA Nations League, Portuguese players entered the field wearing jersey number 7 in honor of Ronaldo. They also gave a standing ovation in the seventh minute of the game. For Denmark, Rasmus Højlund scored in the 50th and 57th minutes. Pierre-Emile Højbjerg scored from a penalty in the 43rd minute. Similarly, Joachim Andersen scored in the 75th minute. Despite the loss to Denmark, Portugal remains at the top of Group Four in League A with 12 points from five matches and has already secured its place in the quarterfinals. After its third win, Denmark has also moved to second place with 9 points and is close to the quarterfinals. In the final group match, Denmark will play against Norway. Norway also secured its second win by defeating Wales 3-1. For Norway, Antonio Nusa, Andreas Sørloth, and Erling Haaland each scored one goal. David Brooks of Wales scored one goal.

Machine translation — the original above is the story as filed.