Skip to main content
समाजRatopati

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १० जना पक्राउ

Read the full story at Ratopati

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १० जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट अवैध लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार पर्सा, धनुषा, सुनसरी र झापाका विभिन्न स्थानबाट बिहीबार दिउँसोदेखि रातिसम्मको अवधिमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

पर्साको वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट ब्राउनसुगरजस्तो देखिने १ ग्राम ५० मिलिग्राम पदार्थसहित बाराको कोल्हवी नगरपालिका–८ नयाँ बस्ती टोलका २० वर्षीय समिर बराल पक्राउ परेका छन् । मितेरी पुलबाट वीरगञ्जतर्फ जाँदै गरेको ना.२ ह ३९८९ नम्बरको अटोमा सवार उनलाई लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगञ्जसमेतको टोलीले बिहीबार दिउँसो पक्राउ गरेको हो । यस्तै, धनुषाको शहिदनगर नगरपालिका–३ बाट खैरो हेरोइनजस्तो देखिने ५ ग्राम ३३० मिलिग्राम पदार्थ र नगद ३१ हजार ४६० रुपैयाँसहित सोही ठाउँका २१ वर्षीय उपेन्द्र मण्डल पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय यदुकुहाको टोलीले उनलाई बिहीबार दिउँसो नियन्त्रणमा लिएको हो । यसैगरी, सुनसरीका दुई छुट्टाछुट्टै स्थानबाट ६ जना पक्राउ परेका छन् । देवानगञ्ज गाउँपालिका–५ पाल टोलबाट करिब ४ किलो ६० ग्राम गाँजासहित बर्जु गाउँपालिका–५ का २७ वर्षीय डोमा पासवान, २३ वर्षीय पवन कुमार यादव र भारत अररिया पोचदह–५ का २३ वर्षीय सोनु यादवलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।