चितवनमा उत्पादित सयपत्री र मखमली फूलको माला बेलायत, हङकङ र दुबई निर्यात
Read the full story at Onlinekhabar (Nepali)

२१ कात्तिक, चितवन । चितवनमा उत्पादित सयपत्री र मखमली फूल तथा माला बेलायत, हङकङ र दुबई निर्यात हुन थालेको छ । पूर्वी चितवनको कालिका नगरपालिका–पदमपुरका चार दाजुभाइले व्यावसायिक रूपमा उत्पादन गरेको फूल तथा माला ती देशमा पठाइएको हो । स्थानीय गोविन्द बाँस्तोलाको परिवारले उत्पादन गरेका तीन हजार सयपत्री र दुई हजार मखमलीका माला हङकङ पठाएको छ । यसैगरी, ५०० वटा विशिष्ट व्यक्तिका लागि तयार गरिएका (भिआइपी) माला र ५०० किलो सयपत्री फूलका थुङ्गा पनि हङकङ पठाइएको बाँस्तोलाले जानकारी दिए ।
ती देशमा रहेका नेपाली व्यवसायीले चितवनबाट माला खरिद गरेर लगेका हुन् । सात वर्षअघि पाँच कठ्ठा जमिनबाट सुरु गरिएको व्यावसायिक फूलखेती अहिले १० बिघामा विस्तार भएको छ । त्यसमध्ये पाँच बिघामा तिहारलाई लक्षित गरी फूलखेती गरिएको छ भने बाँकी जमिनमा बेमौसमी फूल उत्पादन हुँदै आएको छ । परिवारका चार दाजुभाइमध्ये तीन जनाले विभिन्न विषयमा स्नातकोत्तर गरेका छन् । गोविन्द चितवन मेडिकल कलेजमा अध्यापन गर्छन् ।
कोरोना महामारीका कारण रोजगारी गुमेपछि सुरु गरिएको फूलखेतीबाट अहिले वार्षिक रु ७० देखि ८० लाखसम्मको कारोबार हुने गरेको उनले बताए । सुरुमा तीन जनाको समूहले फूलखेती थालेको भए पनि अहिले परिवारका चार दाजुभाइ मिलेर व्यवसाय सञ्चालन गरिरहेका छन् । ‘सुरुमा सहकार्य गर्नुभएका साथीहरू परिस्थिति सहज भएपछि आआफ्नो कार्यक्षेत्रमा फर्किनुभयो ।
More environment
- पश्चिमी वायुको आंशिक प्रभाव: हिमाली र पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावनाDC Nepal
- सुरक्षाकर्मीको ‘चारखुट्टे सहकर्मी’ : गन्ध पछ्याउँदै अपराधीदेखि भग्नावशेषभित्रको जीवनसम्म खोज्दैNagarik News
- भोटेकोशी बाढी : जुम्लाका ६३ जना बेपत्ताको यकिन सूची सार्वजनिकDC Nepal
- Strong earthquake with preliminary magnitude of 5.7 strikes JapanThe Hindu
- Kalopani Pond revived after conservation effortsThe Rising Nepal
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा बादल लाग्नेOnlinekhabar (Nepali)