Skip to main content
प्रविधिBizmandu

अमेरिकामा डेमोक्रेटलाई बहुमतसँगै प्रविधि क्षेत्रमा संशय, टेक कम्पनीको सेयर मूल्यमा भारी गिरावट

Read the full story at Bizmandu

अमेरिकामा सम्पन्न मध्यावधि निर्वाचनको नतिजा सार्वजनिक भएसँगै विश्वव्यापी प्रविधि तथा एआई कम्पनी ले सेयर बजारमा खर्बौं रुपैयाँ गुमाएका छन्। अमेरिकी संसद्का दुवै सदनमा डेमोक्रेटले बहुमत हासिल गरेपछि प्रविधि क्षेत्रका लगानीकर्ताहरुमा संशय उत्पन्न भएको हो। जसको असरस्वरुप विश्वभरका सेयर बजारमा भारी गिरावट आएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुमा उल्लेख छ। बिहीबार अमेरिकी सेयर बजारमा प्रविधि केन्द्रित नेस्डाक सूचकांक ५.५ प्रतिशतभन्दा बढीले घटेको छ।

यस गिरावटबाट एकै दिनमा करिब २५ खर्ब अमेरिकी डलर बराबरको बजार मूल्य नोक्सान भएको जनाइएको छ। यस्तै, एस एन्ड पी ५०० सूचकांक ४.४ प्रतिशत र डाउ जोन्स ३.४ प्रतिशतले घटेका छन्। म्याग्नफिसेन्ट ७ भनेर चिनिने ७ ठूला प्रविधि कम्पनीहरुले समग्रमा एकै दिनमा १० खर्ब गुमाएको बताइएको छ। एनभिडियाको सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढीको गिरावट आउँदा कम्पनीले ४ खर्ब डलरभन्दा बढीको बजार पूँजी गुमाएको छ।

त्यस्तै, एएमडी र माइक्रोनको सेयर मूल्य १७ प्रतिशतभन्दा बढीले तल झरेको छ। टेस्ला र स्पेसएक्सको सेयर क्रमशः ११ र ८ प्रतिशतले खस्किँदा ३ खर्ब डलरभन्दा बढीको क्षति भएको छ। इन्टेलको सेयर १०.३ प्रतिशत र स्यानडिस्कको सेयर २२ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ। अमेरिकी बजारको तीव्र गिरावटको असर एसियाली बजारहरुमा पनि परेको छ।