Skip to main content
खेलकुदOnlinekhabar (Nepali)

ठगी मुद्दाका नाइके सुजन : गोली हानेर पक्राउ, प्रहरीमाथि चक्कु प्रहार

Read the full story at Onlinekhabar (Nepali)

ठगी मुद्दाका नाइके सुजन : गोली हानेर पक्राउ, प्रहरीमाथि चक्कु प्रहार

सुजनलाई प्रहरीले बिहीबार साँझ गोकर्णेश्वर नगरपालिका–३ गाम्चा भन्ने ठाउँमा गोली हानेर पक्राउ गरेको छ । पक्राउका लागि जाँदा प्रहरीमाथि नै चक्कु प्रहार भएको थियो । चक्कु प्रहारबाट एक प्रहरी घाइतेसमेत भएका छन् । सस्तो दरमा डलर साट्ने भन्दै ठगीको शृंखला चलाउँदै आएका तामाङलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै आक्रमण भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले बताए ।

‘पक्राउ गर्ने क्रममा प्रहरीमाथि नै चक्कु प्रहार गरेपछि एक राउन्ड हवाई फायर र एक राउन्ड घुँडामुनि गोली हानेर सुजनलाई पक्राउ गरिएको हो,’ एसएसपी घिमिरेले भने । सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–३ घर भई काठमाडौं बस्दै आएका २८ वर्षीय सुजनलाई प्रहरीले बिहीबार साँझ गोकर्णेश्वर नगरपालिका–३ गाम्चा भन्ने ठाउँमा गोली हानेर पक्राउ गरेको हो । परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धको टोली पक्राउका लागि जाँदा प्रहरीलाई नै चक्कु प्रहार भएको थियो । चक्कु प्रहारबाट एक प्रहरी घाइतेसमेत भएका छन् ।

उनको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनी डलर भन्दै कागजको मुठो देखाएर ठगी गर्ने काममा संलग्न रहेको दाबी प्रहरीको छ । पछिल्लो समय २२ असोज २०८३ मा उनले विभिन्न व्यक्तिलाई फोन गर्दै आफूसँग अमेरिकी डलर रहेको र सस्तो दरमा साट्ने भन्दै उनले ठगी गरेको एसएसपी घिमिरेले बताए ।