अर्को साता चीनमा ट्रम्प, पुटिन र सी चिनफिङबिच ऐतिहासिक त्रिपक्षीय भेटवार्ता हुने
Read the full story at Ratopati

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबिच अर्को साता चीनमा ऐतिहासिक संयुक्त भेटवार्ता हुने भएको छ । ह्वाइट हाउसका अनुसार चीनको दक्षिणी सहर सेन्जेनमा आयोजना हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको साइडलाइनमा विश्वका तीन प्रमुख शक्ति राष्ट्रका नेताहरूबीच यो भेटवार्ता तय भएको हो ।
ह्वाइट हाउसकी प्रवक्ता ओलिभिया वेल्सले पत्रकारहरूसँग कुरा गर्दै विश्वमा परमाणु हतियारको न्यूनीकरण लगायतका विषयमा छलफल गर्न राष्ट्रपति ट्रम्प उत्साहित रहेको जानकारी दिइन् । विश्वका ठूला परमाणु शक्ति राष्ट्रका प्रमुखहरूको यस बैठकमा इरानको विषयमा समेत छलफल हुन सक्ने तर युक्रेनको विषय भने एजेन्डामा नरहेको बुझिएको छ । यस भेटवार्ताबाट कुनै ठोस सम्झौता हुने अपेक्षा भने नगरिएको एक वरिष्ठ अमेरिकी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एपी र रोयटर्सले जनाएका छन् ।
यद्यपि, मस्को र बेइजिङले भने यस त्रिपक्षीय भेटबारे औपचारिक प्रतिक्रिया दिइसकेका छैनन् । भ्रमण तालिका र द्विपक्षीय भेट २१ सदस्य राष्ट्र सहभागी हुने दुई दिने एपेक शिखर सम्मेलनका लागि राष्ट्रपति ट्रम्प आगामी बुधबार अबेर सेन्जेन पुग्नेछन् । उनले बिहीबार चिनियाँ राष्ट्रपति सीसँग द्विपक्षीय वार्तासमेत गर्नेछन् ।
More world
- Donald Trump to raise nuclear-arms cuts with Putin, Xi on November 19, White House saysThe Hindu
- Inside Amaravati’s pioneering leap to quantum frontierThe Hindu
- Here’s the latest.The New York Times
- Former Nvidia CEO Jensen Huang misled top lawyer on affair with Alice Huang: reportThe Hindu
- Democratic U.S. senators order Musk to preserve records on Ukraine Starlink accessThe Hindu
- Man Pranks Friend With 'Rasgulla' Shaped Bomb In Madhya Pradesh, He Dies While Chewing ItNDTV