Skip to main content
स्वास्थ्यOnlinekhabar (Nepali)

पिसाब चुहिने समस्या लुकाएर बिताइन् २५ वर्ष, उपचारपछि फर्कियो प्रमिलाको आत्मविश्वास

Read the full story at Onlinekhabar (Nepali)

पिसाब चुहिने समस्या लुकाएर बिताइन् २५ वर्ष, उपचारपछि फर्कियो प्रमिलाको आत्मविश्वास

२५ वर्षसम्म पिसाब चुहिने समस्याको सङ्कोच र मानसिक बोझ खेपेकी ५३ वर्षीया प्रमिला जोशीले ‘मिनिस्लिङ’ शल्यक्रियापछि आफ्नो आत्मविश्वास मात्र फर्काइनन्, परिवारको खुसीमा आफ्नै स्वास्थ्य बेवास्ता गर्ने महिलाहरूको यथार्थलाई पनि उजागर गरिन् । बनेपा–५ की ५३ वर्षीया प्रमिला जोशी धुलिखेल अस्पतालको स्त्रीरोग वार्डमा शल्यक्रियापछिको स्वास्थ्यलाभ गरिरहेकी थिइन् । उनको हातमा नसा हुँदै दिइने तरल पदार्थ (आईभी फ्लुइड) जोडिएको थियो । अस्पतालको शय्यामा बसेर उनी आफ्नी २५ वर्षीया छोरीसँग कुराकानी गरिरहेकी थिइन्।

छोरीलाई खाजा खाइन् कि खाइनन् भनेर सोध्दै गरेकी प्रमिलाको अनुहारमा बिरामी अवस्थामै पनि सन्तानप्रतिको माया र चिन्ता प्रष्ट देखिन्थ्यो । आफू उपचाररत हुँदा पनि छोरीको खानपानबारे चासो राखिरहेकी उनलाई देख्दा मनमा एउटा प्रश्न उब्जियो, आफ्नो पीडा र असहजताबीच पनि परिवारको खुसीलाई प्राथमिकता दिन अभ्यस्त महिलाहरूले आफ्नै स्वास्थ्यका लागि कति समय निकाल्न पाउँछन् ? यही प्रश्नले मलाई उनीसँग कुराकानी गर्न प्रेरित गर्‍यो । ‘अहिले कस्तो महसुस भइरहेको छ ?

के समस्याका कारण शल्यक्रिया गर्नुपरेको हो ?,’ मैले सोधेँ। कुराकानीकै क्रममा झन्डै २५ मिनेट बितिसकेको पत्तै भएन । अस्पतालको उक्त वार्डमा शल्यक्रियापछि डिस्चार्जको प्रतीक्षामा रहेका बिरामीहरूलाई राखिने भएकाले पनि उनीसँग खुलेर कुराकानी गर्ने अवसर मिल्यो ।