नेपालको स्तरोन्नतिको समयसीमा किन पटक–पटक थपिन्छ ?
Read the full story at Ratopati

काठमाडौँ । नेपाल अतिकम विकसित मुलुकको सूचीबाट स्तरोन्नति हुने समय तीन वर्ष पछि धकेलिएको छ । यसरी समय सरेको यो तेस्रो पटक हो । नेपाल अतिकम विकसित मुलुकको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने प्रक्रियाको औपचारिक सुरुवात सन् २०१५ देखि भएको थियो ।
तीन वर्षभित्र स्तरोन्नति गर्ने लक्ष्य राखे पनि सन् २०१५ मा आएको भूकम्पका कारण आर्थिक अवस्था बिग्रेको भन्दै सन् २०१८ मा नेपाललाई स्तरोन्नतिको सूचीमा राख्ने म्याद थपेर सन् २०२१ सम्म सारियो । संयुक्त राष्ट्रसंघको महासभाले सन् २०२१ नोभेम्बरमा नेपाललाई स्तरोन्नतिका लागि औपचारिक सिफारिस गरेको थियो । यद्यपि सन् २०२१ मा पनि कोभिड (कोरोना)को कारण नेपालको स्तरोन्नति भएन । कोभिड महामारीका कारण सिर्जित सामाजिक तथा आर्थिक असरलाई सम्बोधन गर्न तीन वर्षको सट्टा नेपाललाई स्तरोन्नतिका लागि पाँच वर्षको अवधि दिइएको थियो ।
संयुक्त राष्ट्रसंघ महासभाले नेपालको स्तरोन्नति तयारी अवधि २०२९ नोभेम्बर २४ सम्म थप्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो । तयारी नपुगेको भन्दै नेपालको आग्रहमा यसरी समय थप गरिएको हो । यसरी पटक–पटक समय थप्दा राम्रो सन्देश नगएको जानकारहरू बताउँछन् । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले यसरी पटक–पटक समय थप्दा नेपाललाई हेर्ने दृष्टिकोणमा असर पर्न सक्ने बताए ।
More world
- Restrictions on me arbitrary, vague: Sonam WangchukThe Hindu
- Palaniswami rejects speculation of Dhinakaran, Sasikala being readmitted into AIADMKThe Hindu
- Gang held for possession of 500 kg red sanders near Sholinghur in RanipetThe Hindu
- Exclusive | Affordablity Is Key To AI Success In India: Peak XV's Rajan AnandanNDTV
- Five e-scooters catch fire in RanipetThe Hindu
- Engineering college student arrested for attempting to set woman student ablaze over rejected love proposalThe Hindu