टिमुर : आम्दानी बढाउँछ, मानव-वन्यजन्तु द्वन्द्व घटाउँछ
Read the full story at Onlinekhabar (Nepali)

मध्यपहाडका किसानहरूले लामो समयदेखि वन्यजन्तुबाट हुने बाली क्षतिको समस्या भोगिरहेका छन्। यस्तो अवस्थामा काँडेदार र सुगन्धित टिमुरको व्यावसायिक खेतीले वन्यजन्तुबाट हुने क्षति घटाउन, सामुदायिक वनको संरक्षण गर्न र स्थानीय समुदायका लागि भरपर्दो आम्दानीको स्रोत सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। काँडेदार र सुगन्धित टिमुरको व्यावसायिक खेतीले मध्यपहाडमा वन्यजन्तुबाट हुने बाली क्षति घटाउन, सामुदायिक वनको संरक्षण गर्न र स्थानीय समुदायको आम्दानी बढाउन सहयोग पुर्याउन सक्छ।
नेपालमा पछिल्ला दशकमा वन क्षेत्रको पुनस्थापना, सामुदायिक वन व्यवस्थापन र स्थानीय समुदायको संरक्षण प्रयासले वन तथा जैविक विविधताको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याएका छन्। वनको अवस्था सुधारिँदै जाँदा वन्यजन्तुका लागि बासस्थान र आहारको उपलब्धतामा समेत सुधार भएको छ। तर, वन र बस्तीबीचको अन्तरसम्बन्ध बढ्दै जाँदा विशेषगरी मध्यपहाडका किसानले वन्यजन्तुबाट हुने बाली क्षतिको समस्या पनि भोगिरहेका छन्।
बाँदर, जङ्गली बँदेललगायत वन्यजन्तुले मकै, कोदो, आलु, तरकारी तथा अन्य कृषि बालीमा क्षति पुर्याउँदा किसानको खाद्य सुरक्षा, आम्दानी र खेतीप्रतिको आकर्षणमा नकारात्मक असर परेको छ। कतिपय स्थानमा वन्यजन्तुबाट हुने क्षतिकै कारण किसानले परम्परागत बाली लगाउनसमेत छाड्दै गएका छन्।
More environment
- Nepal seeks mountain-specific early warning systems after devastating floodKathmandu Post
- UN chief urges climate justice and greater support for vulnerable countriesKathmandu Post
- नवनिर्वाचित सांसद नाजिमा खातुनले लिइन् शपथNepal Khabar
- राशिफल २६ कात्तिक : धनुलाई जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता, तपाईँको के?Nepal Khabar
- Sitla Estate, Mukteshwar: Why this 40-acre Himalayan retreat has just 12 roomsThe Hindu
- जलवायु न्यायको कुरा गर्ने विश्वले हिमालको आवाज किन सुन्दैन ?Onlinekhabar (Nepali)