Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

पिज्जामा भुइँकटहर राख्न अस्वीकार गर्ने सेफ जागिरबाट बर्खास्त

Read the full story at Onlinekhabar (Nepali)

पिज्जामा भुइँकटहर राख्न अस्वीकार गर्ने सेफ जागिरबाट बर्खास्त

काठमाडौं । पिज्जामा भुइँकटहर राख्दा आफ्नो संस्कृतिको अपमान हुने भन्दै ग्राहकको अर्डर अस्वीकार गर्ने एक इटालियन सेफ जागिरबाट बर्खास्त भएका छन् । अस्ट्रेलियाको ब्रिसबेनस्थित ला कोस्टा रेस्टुरेन्टमा कार्यरत डाभिडे ताम्बुरेलालाई गत मे महिनामा व्यवस्थापन पक्षले बर्खास्त गरेको हो । उक्त रेस्टुरेन्ट अहिले बन्द भइसकेको छ ।

व्यवस्थापन पक्षले उनको व्यवहारबारे विभिन्न गुनासा प्राप्त गरेपछि बैठक बोलाएको थियो । बैठक भएको दुई सातापछि उनलाई जागिरबाट हटाइएको थियो । व्यवस्थापनको गुनासोमध्ये मुख्य गुनासो ग्राहकका लागि आयोजित कार्यक्रममा ह्याम र भुइँकटहर राखिएको पिज्जा बनाउन उनले अस्वीकार गरेको विषय थियो । बर्खास्तीमा परेपछि ताम्बुरेलाले आफूलाई अन्यायपूर्ण तरिकाले कामबाट हटाइएको भन्दै अस्ट्रेलियाको फेयर वर्क कमिसनमा उजुरी पनि दिएका छन् ।

मंगलबार सार्वजनिक भएको आयोगको निर्णयमा उनले इटालियन भएकै कारण पिज्जामा भुइँकटहर राख्नुलाई आफ्नो संस्कृतिमाथिको अपमान ठानेको उल्लेख छ । आयोगका अनुसार पछिल्लो चार वर्षमा उनले तेस्रो पटक पिज्जामा भुइँकटहर प्रयोग गर्न अस्वीकार गरेका थिए । यसअघि पनि उनले आफ्ना हाकिमलाई पिज्जामा भुइँकटहर नराख्ने विषय इटालियनहरूका लागि कति महत्त्वपूर्ण छ भन्ने कुरा बुझ्न आग्रह गरेका थिए ।