Skip to main content
समाजRatopati

लक्ष्मीपूजाका बेला वर्कसपबाट सामान चोरी गर्ने युवक पक्राउ

Read the full story at Ratopati

लक्ष्मीपूजाका बेला वर्कसपबाट सामान चोरी गर्ने युवक पक्राउ

दोलखा । दोलखाको भीमेश्वर नगरपालिकास्थित एक मोटरसाइकल वर्कसपबाट सामान चोरी गरी फरार भएका युवकलाई प्रहरीले चोरीका सामानसहित पक्राउ गरेको छ। भीमेश्वर नगरपालिका–४ अख्रेनीटोल डाँडागाउँस्थित डम्बर चौलागाईंको घरमा भरत साहले सञ्चालन गरेको मोटरसाइकल वर्कसपमा गत कात्तिक २३ गते राति करिब साढे ८ बजे चोरी भएको थियो।

लक्ष्मीपूजा गरी ढोका खुल्ला छाडेर साह चरिकोट बजारतर्फ गएको मौका छोपी थापाले वर्कसपभित्र रहेको एक थान ‘रेडमी’ मोबाइल र मोनिटरसहितको कम्प्युटर सेट चोरी गरेका थिए। वर्कसपबाट सामान चोरी भएको भन्दै कात्तिक २५ गते प्रहरी चौकी सातदोबाटो, दोलखामा निवेदन परेपछि जिल्ला प्रहरी कार्यालयबाट पाँच जनाको प्रहरी टोली अनुसन्धानमा खटिएको थियो। शंकास्पद अवस्थामा भेटिएका थापालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले वर्कसपभन्दा करिब ३०० मिटर तल झाडीमा लुकाएर राखेको अवस्थामा चोरी भएका सबै सामान फेला परेका थिए।

चोरी भएका सामान बरामद गरी प्रहरीले थापालाई कात्तिक २५ गते साँझ ५ बजे नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय दोलखाका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक किरण लोप्चनका अनुसार पक्राउ परेका थापामाथि थप अनुसन्धान भइरहेको छ।