Skip to main content
खेलकुदSetopati

अन्तर्राष्ट्रिय खगोल विज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो स्वर्ण पदक

Read the full story at Setopati

अन्तर्राष्ट्रिय खगोल विज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो स्वर्ण पदक

थाइल्यान्डको उबोन रत्चाथानीमा नोभेम्बर १ देखि ८ सम्म आयोजित पाँचौँ अन्तर्राष्ट्रिय खगोल विज्ञान तथा खगोल भौतिकी ओलम्पियाड (IOAA-jr 2026) मा नेपालले एक स्वर्ण, एक कांस्य र एक अनरेबल मेन्सन प्राप्त गरेको हो। नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईका अनुसार शाहवाज आलमले स्वर्ण पदक जितेका छन्। त्यस्तै, सहज केसीले कांस्य पदक प्राप्त गर्दा इभान दुबेले अनरेबल मेन्सन पाएका छन्।

नेपाल एस्ट्रोनोमिकल सोसाइटीले आयोजना गरेको राष्ट्रिय खगोल विज्ञान ओलम्पियाड (एनएओ २०२६) र त्यसपछिको छनोट तथा बन्द प्रशिक्षण शिविरबाट विद्यार्थीहरू अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका थिए। उनीहरूलाई प्रतियोगितामा सहभागी हुनुअघि विशेष प्रशिक्षणसमेत दिइएको थियो। यसअघि नेपालले अन्तर्राष्ट्रिय खगोल विज्ञान ओलम्पियाड (आईएओ) र अन्तर्राष्ट्रिय खगोल विज्ञान तथा खगोल भौतिकी ओलम्पियाड (आईओएए) मा कांस्य पदक जित्दै आएको थियो।

यसपटकको स्वर्ण पदकलाई नेपाली विद्यार्थीको अन्तर्राष्ट्रिय विज्ञान प्रतियोगितामा अहिलेसम्मकै महत्त्वपूर्ण उपलब्धिका रूपमा नासोले उल्लेख गरेको छ। नासोका अध्यक्ष भट्टराईले पदक विजेता विद्यार्थी, टोली नेता, अभिभावक तथा अभियानमा सहयोग गर्ने सबैलाई बधाई तथा धन्यवाद दिएका छन्।