जेनजी अगुवा रवि किरणले दिदीको हातबाट भाइटीका ग्रहण गर्दै भने- यो आत्मियता बढाउने चार्ड हो
Read the full story at Nagarik News

जेनजी अगुवा रवि किरण हमालले यस वर्षको भाइटीका चितवन पुगेर मनाएका छन्। उनले चितवनको कैलाशनगरस्थित आफ्नी दिदी लक्ष्मीको हातबाट सप्तरङ्गी टीका, माला तथा आशीर्वाद ग्रहण गरेका हुन्। भाइटीकाको अवसरमा दिदीबहिनी र दाजुभाइबीचको आत्मीयता, प्रेम र सद्भाव साटासाट गर्दै हमालले पारिवारिक वातावरणमा पर्व मनाएका थिए।
व्यस्त सार्वजनिक जीवनका बीच चितवन पुगेर दिदीको हातबाट टीका ग्रहण गरेको क्षणलाई विशेष रूपमा हेरिएको छ। चितवन बसाइका क्रममा हमालले विभिन्न क्षेत्रका व्यक्तित्वसँग भेटघाट तथा छलफलसमेत गरेका थिए। भेटघाटका क्रममा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा विचारविमर्श भएको बताइएको छ।
भाइटीकाका दिन सार्वजनिक र राजनीतिक गतिविधिभन्दा पारिवारिक आत्मीयतालाई प्राथमिकता दिँदै दिदीको हातबाट टीका र आशीर्वाद ग्रहण गरेका हमालको तिहार दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र आत्मीयताको पर्व भएको बताएका छन् ।
More politics
- Woman killed in elephant attack in KanchanpurKathmandu Post
- US jury finds Naresh Bhatt guilty of murdering wife Mamta KafleKathmandu Post
- Palpa’s Dhaka cloth weaves its way from festive gifts to tourist keepsakesKathmandu Post
- Karnali announces trials for 14 sports ahead of National GamesKathmandu Post
- Nepal celebrates Bhai Tika, the final day of TiharKathmandu Post
- Koshi recognises 13 additional languages for official useKathmandu Post