आईपीएल जनवरीमा गर्न जुही चावलाको सुझाव, ललित मोदीको समर्थन
Read the full story at Onlinekhabar (Nepali)

२५ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को फ्रेन्चाइज कोलकाता नाइट राइडर्सकी सहमालिक जुही चावलाले प्रतियोगिता आयोजना हुने समय परिवर्तन गर्न सुझाव दिएकी छन्। उनले मार्चदेखि मेसम्मको चर्को गर्मीमा आईपीएल आयोजना गर्नुभन्दा जनवरीमा सार्नुपर्ने धारणा राखेकी छन्। ‘आईपीएलले अब क्रिकेटको समयतालिकामा आफ्नो स्थान खोज्नुपर्ने अवस्था छैन।
यसले समयतालिकालाई नै प्रभावित पार्ने हैसियत बनाइसकेको छ’ उनले सोमबार सामाजिक सञ्जाल एक्समा लेखेकी छन्। उनले विश्वकै ठूलो क्रिकेट प्रतियोगिता किन सबैभन्दा चर्को गर्मीमा आयोजना गर्ने भन्दै प्रश्न गरेकी छन्। ‘यदि समयतालिकाबारे पुनर्विचार भइरहेको छ भने अप्रिल–मेको सट्टा जनवरी किन नहुने? यसले खेलाडीका लागि राम्रो वातावरण, राम्रो क्रिकेट र सबैका लागि समग्रमा राम्रो अनुभव दिनेछ,’ उनले लेखेकी छन्।
आईपीएलको स्वरूप र हैसियत परिवर्तन भइसकेकाले यसको समयतालिका पनि परिवर्तन गर्नुपर्ने उनको भनाइ छ। आईपीएलको समयतालिका परिवर्तन गर्ने विषयमा औपचारिक छलफल नभए पनि प्रतियोगिताका पहिलो अध्यक्ष ललित मोदीले विगतमा पनि यसबारे धारणा राख्दै आएका थिए। चावलाको प्रस्तावमा मोदीले समर्थन जनाएका छन्। उनले आईपीएल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट समयतालिका स्वीकृत गराउनुपर्ने प्रतियोगिता नभएको बताएका छन्।
More politics
- Woman killed in elephant attack in KanchanpurKathmandu Post
- US jury finds Naresh Bhatt guilty of murdering wife Mamta KafleKathmandu Post
- Palpa’s Dhaka cloth weaves its way from festive gifts to tourist keepsakesKathmandu Post
- Karnali announces trials for 14 sports ahead of National GamesKathmandu Post
- Nepal celebrates Bhai Tika, the final day of TiharKathmandu Post
- Koshi recognises 13 additional languages for official useKathmandu Post