बजेट खर्चको आधा हिस्सा सामाजिक सुरक्षा र सामान्य सार्वजनिक सेवामा
Read the full story at Onlinekhabar (Nepali)

महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा बजेटरी निकायको सेवा तथा कार्यगत खर्च कुल १२ खर्ब ७ अर्ब ५४ करोड थियो । २३ कात्तिक, काठमाडौं । नेपालमा खर्च हुने कुल बजेटमध्ये आधाभन्दा धेरै सामान्य सार्वजनिक सेवा र सामाजिक सुरक्षाका काममा हुने गरेको पाइएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा बजेटरी निकायको सेवा तथा कार्यगत खर्च कुल १२ खर्ब ७ अर्ब ५४ करोड थियो ।
यसमध्ये सामान्य सार्वजनिक सेवामा ४ खर्ब ८८ अर्ब १५ करोड र सामाजिक सुरक्षामा १ खर्ब ९९ अर्ब ६१ करोड छ । सामान्य सार्वजनिक सेवामा २०८१/८२ मा ४ खर्ब ६९ अर्ब खर्च भएको थियो । सामाजिक सुरक्षा अन्तर्गत परिवार र शिशु कल्याण, बेरोजगार तथा सामाजिक सुरक्षा कार्यक्रम खर्च जोडिएको छ । यसबाहेक आर्थिक मामिलामा २ खर्ब १४ अर्ब ५१ करोड खर्च भएको महालेखाले केन्द्रीय लेखाको एकीकृत विवरण २०८२/८३ सार्वजनिक गर्दै जानकारी गराएको छ ।
कार्यालयका अनुसार एक वर्ष अवधिमा सार्वजनिक शान्ति सुरक्षामा ८७ अर्ब ६९ करोड खर्च भएको छ । यसभित्र प्रहरी सेवा, अग्नि नियन्त्रण, न्यायालय र कारागार लगायतमा गरेको खर्च जोडिन्छ । त्यस्तै स्वास्थ्यमा ६० अर्ब ७१ करोड र शिक्षामा ५७ अर्ब ३७ करोड रुपैयाँ खर्च भएको तथ्यांकले देखाएको छ । सोही आवमा सरकारले रक्षामा ६२ अर्ब ९३ करोड खर्च गरेको छ ।
More business
- ‘आ बाट आमा-२’ को कमाइ पौने सात करोड, अन्य दुई फिल्मको कति?Nepal Khabar
- पोखराको पहिलो जित, कर्णालीको ‘प्लेअफ’ यात्रा कठिनNepal Khabar
- कर्णालीमा एकचौथाइले घटे पर्यटक, खस्कियो औद्योगिक उत्पादनNepal Khabar
- आर्थिक विकासका लागि नेपालसँग अब मात्रै २ दशक समय छNepal Khabar
- A Country’s President Led to a Bank’s Stunning Rise, and Its FallThe New York Times
- बोनस सेयर : लाभभन्दा भार ठूलो, नोक्सानीमा समेत पूँजीगत लाभकरOnlinekhabar (Nepali)