Skip to main content
अर्थतन्त्रBizmandu

अमेरिकी डलर स्थिर रहँदा युरो र पाउण्ड स्टर्लिङको मूल्य बढ्यो, सुनको कारोबार मूल्यमा गिरावट

Read the full story at Bizmandu

काठमाडौं। अमेरिकी डलर स्थिर रहँदा युरो र पाउण्ड स्टर्लिङको मूल्य बढेको छ। सुनको कारोबार मूल्यमा गिरावट छ। खाडी क्षेत्रका मुलुकहरुको मुद्राको भाउ पनि स्थिर छ। नेपाल राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलरको विनिमय दर स्थिर छ। मंगलबार १ डलरको खरिद दर १४९ रुपैयाँ ९९ पैसा र बिक्री दर १५० रुपैयाँ ५९ पैसा भएकोमा घटबढ छैन।

यसअघि सोमबार खरिद दर १४९ रुपैयाँ ९६ पैसा र बिक्री दर १५० रुपैयाँ ५६ पैसा थियो। अन्तर्राष्ट्रिय बजारमा २४ घण्टामा सुनको मूल्य ७३.३८ डलरले घट्दै प्रति औंस ४०३२.३८ डलर भएको छ। चाँदी पनि १.२४ डलरले घटेर प्रति औंस ५१.४७ डलरमा आएको छ। युरोपियन युरोको खरिद दर १६८ रुपैयाँ ४१ पैसा र बिक्री दर १६९ रुपैयाँ ८ पैसा भएको छ। मंगलबार खरिद दर १६७ रुपैयाँ ८९ पैसा र बिक्री दर १६८ रुपैयाँ ५६ पैसा थियो। पाउण्ड स्टर्लिङको खरिद दर २०१ रुपैयाँ ४१ पैसा र बिक्री दर २०२ रुपैयाँ २२ पैसा भएको छ।

मंगलबार खरिद दर २०१ रुपैयाँ २६ पैसा र बिक्री दर २०२ रुपैयाँ ७ पैसा थियो। स्वीस फ्रयांकको खरिद दर १८२ रुपैयाँ ७८ पैसा र बिक्री दर १८३ रुपैयाँ ५१ पैसा भएको छ। मंगलबार खरिद दर १८३ रुपैयाँ ३५ पैसा र बिक्री दर १८४ रुपैयाँ ८ पैसा थियो। साउदी रियाल, कतारी रियाल, ओमानी रियाल, बहरेन दिनार, कुवेती दिनार, यूएई दिराम लगायतको विनिमय दर स्थिर छ।