Skip to main content
अर्थतन्त्रRatopati

बेकह्याम अमेरिकाको ‘नेसनल सकर हल अफ फेम’ मा समावेश हुने

Read the full story at Ratopati

बेकह्याम अमेरिकाको ‘नेसनल सकर हल अफ फेम’ मा समावेश हुने

मियामी । इंग्ल्यान्ड तथा म्यानचेस्टर युनाइटेडका पूर्वमिडफिल्डर ५१ वर्षीय डेभिड बेकह्याम अमेरिकाको ‘नेसनल सकर हल अफ फेम’ मा समावेश हुने भएका छन्। अमेरिकी फुटबलमा विशिष्ट योगदान पुर्‍याएका हस्तीहरूलाई सम्मान गरिने यस प्रतिष्ठित संस्थाको ‘क्लास अफ २०२७’ अन्तर्गत बेकह्यामलाई समावेश गर्न लागिएको हो। उनको सम्मान समारोह सन् २०२७ को अप्रिल १६ मा टेक्ससस्थित फ्रिस्कोमा आयोजना हुनेछ।

सन् २००७ मा स्पेनिस क्लब रियल म्याड्रिडबाट अमेरिकी मेजर लिग सकर (एमएलएस) को क्लब ‘एलए ग्यालेक्सी’ मा पाँच वर्षको सम्झौतासहित अनुबन्धित हुँदा बेकह्याम विश्वव्यापी चर्चामा आएका थिए। ग्यालेक्सीका लागि ६ सिजन बिताउने क्रममा उनले सबै प्रतियोगितामा गरी १२४ खेल खेल्दै २० गोल गरे। यस अवधिमा उनले दुई पटक ‘एमएलएस कप’ र दुई पटक ‘सपोर्टर्स सिल्ड’ को उपाधि उचाले। सन् २००९ र २०१० मा उनी लोनमा इटालियन क्लब एसी मिलानसमेत पुगेका थिए।

बेकह्यामको आगमनले अमेरिकी फुटबलको विश्वव्यापी पहिचान बढाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो। सन् २०१३ मा सक्रिय खेल जीवनबाट सन्न्यास लिएपछि उनी एमएलएस क्लब ‘इन्टर मियामी’ को सह-मालिक बने। सोही क्लबले सन् २०२३ मा अर्जेन्टिनाका विश्वकप विजेता कप्तान लियोनल मेस्सीलाई अनुबन्ध गरेको थियो।