Skip to main content
अर्थतन्त्रBizmandu

विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकका लागि दरखास्त माग, के हुनुपर्छ योग्यता?

Read the full story at Bizmandu

काठमाडौं। विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) को रिक्त कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि दरखास्त खुलेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको सिफारिस समितिले खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्न शनिबार सूचना जारी गरेको हो। विशेष आर्थिक क्षेत्र ऐन, २०७३ को दफा २२ बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले २१ दिनभित्र मन्त्रालयको संस्थान समन्वय शाखा, सिंहदरबारमा दरखास्त दिन सक्ने सूचनामा छ।

आवेदकले अर्थशास्त्र, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, कानुन वा इन्जिनियरिङ विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा सो सरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने मापदण्ड छ। यसका साथै नेपाल सरकारको राजपत्रांकित प्रथम श्रेणीको पदमा काम गरेको वा प्रचलित कानुन बमोजिम स्थापना भएका सार्वजनिक निकाय, संगठित संस्था वा राष्ट्रिय/अन्तर्राष्ट्रिय संघ–संस्थाको उच्च व्यवस्थापकीय तहमा कम्तीमा ७ वर्ष काम गरेको अनुभव आवश्यक पर्नेछ। उम्मेदवारको उमेर दरखास्त दिने अन्तिम मितिसम्म ३५ वर्ष पूरा भई ६५ वर्ष नपुगेको हुनुपर्छ। मापदण्ड अनुसार आवेदकले व्यावसायिक कार्ययोजना अनिवार्य रूपमा बुझाउनुपर्छ।

The post विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकका लागि दरखास्त माग, के हुनुपर्छ योग्यता? appeared first on BIZMANDU .