कांग्रेसले बाढीपहिरो प्रभावितलाई मानसिक स्वास्थ्य परामर्श दिने
Read the full story at Nagarik News

नेपाली कांग्रेसले गत भदौ १० गतेको भोटेकोशी बाढीपहिरोबाट प्रभावित रसुवा, धादिङ र नुवाकोटका नागरिकको पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्याउन न्यानो कपडा वितरण र मानसिक स्वास्थ्य परामर्श अभियान सञ्चालन गर्ने भएको छ । पार्टी सभापति गगनकुमार थापाको उपस्थितिमा शुक्रबार ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बसेको बैठकले छठ पर्वलगत्तै तीनवटै जिल्लाका बाढीपहिरो प्रभावित गाउँ तथा बस्तीमा पुगेर स्थलगत अवलोकन र अन्तरक्रिया गर्ने निर्णय गरेको कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले जानकारी दिए।
बैठकमा बाढीपहिरोबाट प्रभावित नागरिकको अवस्था, पुनःस्थापना, सार्वजनिक सेवा प्रवाह र पुनर्निर्माणको पछिल्लो अवस्थाबारे छलफल भएको थियो । बैठकमा पार्टीका पदाधिकारी, संसदीय दलका नेता, प्रभावित क्षेत्रका केन्द्रीय सदस्य, सङ्घीय सांसद, जिल्ला सभापति तथा स्थानीय जनप्रतिनिधिको सहभागिता थियो ।
प्रभावित परिवारको आवश्यकतालाई ध्यानमा राखेर न्यानो कपडा वितरण र मानसिक स्वास्थ्य परामर्श अभियान सञ्चालन गर्ने निर्णय गरिएको सहमहामन्त्री स्नेहीले बताए। प्रभावित बस्तीको स्थलगत अवलोकन र अन्तरक्रियापछि पुनःस्थापना तथा पुनर्निर्माणका लागि पार्टीले चाल्नुपर्ने थप कदम तय गरिने उनले जानकारी दिए।
More health
- 12 Planes in 12 Days: Pope Begins Major Latin America Tour, Weeks After SurgeryThe New York Times
- SCTIMST faces flak for surgery backlogs, appointment cancellationsThe Hindu
- Jay Rockefeller, heir to famed dynasty and healthcare advocate in U.S. Senate, dies at 89The Hindu
- The women who rode the blue waveFrance 24
- EU charges TikTok with failing to protect users’ mental healthThe Guardian
- Who is Kenya’s starvation cult leader?Al Jazeera