नेपाल संवत् ११४७ ले एकता, सद्भाव र समृद्धि बढाओस् : सभापति थापा
Read the full story at Nagarik News

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता, सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेको छ। नेपाल संवत् ११४७ तथा म्हः पूजाको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै सभापति थापाले नेपाल संवत् नेपालको मौलिक पहिचान, समृद्ध संस्कृति र गौरवशाली परम्पराको प्रतीक भएको बताए।
उनले नयाँ वर्षले सबैको जीवनमा नयाँ आशा, उत्साह, सुख, शान्ति र समृद्धि ल्याउने विश्वास व्यक्त गरेको हो। “नेपाल संवत्ले लोककल्याणकारी र परोपकारको प्रेरणादायी विरासत बोकेको छ, यस अवसरले नेपालीबीचको आपसी सद्भाव, आत्मीयता र एकतालाई अझ प्रगाढ बनाउने अपेक्षा छ।
”, सभापति थापाको सन्देशमा उल्लेख छ। यसैगरी म्हः पूजाको पावन अवसरमा सबैमा आत्मसम्मान, सकारात्मक ऊर्जा, सुस्वास्थ्य र आत्मविश्वासे कामना गर्दै उनले सांस्कृतिक विविधता र एकताको भावनालाई अझ बलियो बनाउन पनि नयाँ वर्षले प्रेरणा दिने विश्वास व्यक्त गरेको छ।
More politics
- Madhesh prepares for Chhath as families return homeKathmandu Post
- Living alongside rhinos on the fringes of ChitwanKathmandu Post
- Janakpur face must-win test against Sudurpaschim in NPLKathmandu Post
- Explained: Why is Sheikh Hasina’s plan to return to Bangladesh contentious?Kathmandu Post
- Seven held for setting off firecrackers in Rupandehi, one injuredKathmandu Post
- बलात्कार मुद्दामा बेलायती अभिनेता रसेल ब्रान्डविरुद्ध १० वर्ष ६ महिना जेलको फैसलाNepal Khabar