कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा
Read the full story at Onlinekhabar (Nepali)

२० कात्तिक, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका २६१ परिवारले लामो प्रतीक्षापछि गाउँब्लक जग्गाको जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) पाएका छन् । कृष्णनगर नगरपालिका र नापी कार्यालय तौलिहवा, कपिलवस्तुको संयुक्त आयोजनामा कृष्णनगर नगरपालिका–९ मा आयोजित कार्यक्रममा वडा नं. १, ७ र ९ का जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको हो ।
लामो समयदेखि जग्गा भोगचलन गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाण नहुँदा विभिन्न समस्या झेल्दै आएका स्थानीयवासी लालपुर्जा पाएपछि खुसी भएका छन् । लालपुर्जा प्राप्त गर्ने ८० वर्षीया स्थानीय मधुरा कुर्मिनीले जीवनको उत्तरार्धमा भए पनि आफ्नो जग्गाको स्वामित्व प्रमाणित हुने कागजात पाउँदा खुसी लागेको बताइन् । लामो समयदेखि आफूले भोगचलन गर्दै आएको जग्गाको पुर्जा पाउने आशा पूरा भएको उल्लेख गर्दै उनले भनिन्, ‘वर्षौंदेखि यही जग्गामा बस्दै र भोगचलन गर्दै आए पनि आफ्नो नाममा पुर्जा थिएन । अहिले बुढेसकालमा भए पनि लालपुर्जा पाउँदा निकै खुसी लागेको छ ।
अब आफ्नो जग्गा आफ्नै भएको प्रमाण हात परेको छ । ’ वडा नं. ९ का स्थानीय छेदी अहिरले पाँच पुस्तादेखि भोगचलन हुँदै आएको जग्गाको लालपुर्जा अहिले आएर प्राप्त भएको बताए । पुर्जा नहुँदा जग्गाको स्वामित्वसम्बन्धी समस्या र अन्योल रहँदै आएको उल्लेख गर्दै उनले भने, ‘हाम्रा पुर्खाले भोगचलन गर्दै आएको जग्गाको पुर्जा पाउन पाँच पुस्ता कुर्नुपर्यो ।
More politics
- Bagmati Province to build homes for 1,000 homeless familiesKathmandu Post
- Nepal sets up round-the-clock centre to combat online financial scamsKathmandu Post
- Naresh Bhatt says he dismembered wife’s body after finding her deadKathmandu Post
- Winning the toss is not benefiting the teams in NPL Season 3Kathmandu Post
- As arrest rumours swirl, Congress sees plot to silence ThapaKathmandu Post
- Passengers to get live view of baggage handling at Kathmandu airportKathmandu Post