Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

नेपाल संवतलाई नेपाली नोटमा अंकित गर्ने सरकारको प्रतिबद्धता स्वागतयोग्य : सांसद रञ्जित

Read the full story at Onlinekhabar (Nepali)

नेपाल संवतलाई नेपाली नोटमा अंकित गर्ने सरकारको प्रतिबद्धता स्वागतयोग्य : सांसद रञ्जित

२४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का भक्तपुर क्षेत्र नम्बर १ का सांसद रुकेश रञ्जितले नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने सरकारको प्रतिबद्धता स्वागतयोग्य रहेको बताएका छन् । मंगलबार भक्तपुरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले नेपाल संवत ११४७ नयाँ वर्षको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपाल संवत नेपालीको मौलिक पहिचान र गौरव भएकाले यसको प्रवद्र्धन नेपालमा मात्र सिमित नभई अन्तर्राष्ट्रिय स्तरमा समेत हुनुपर्ने बताए ।

सांसद रञ्जितले नेपाल सरकारले नेपाल संवत्को प्रवद्र्धनका लागि गरिरहेका प्रयासको प्रशंसा गर्दै नेपाली नोटमा नेपाल संवत अङ्कित गर्ने प्रतिबद्धता सकारात्मक भएको उल्लेख गरे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा नेपाल संवत र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा योगदान पुर्‍याउने व्यक्तित्वलाई एक लाख ११ हजार १११ रुपैयाँ राशिको पुरस्कार प्रदान गर्ने सरकारी प्रतिवद्धता पनि प्रशंसनीय रहेको उनको भनाइ छ । ‘आज हामी नयाँ वर्ष मात्र मनाइरहेका छैनौँ, हाम्रो मौलिक पहिचान र राष्ट्रिय गौरवको प्रतीक नेपाल सम्वत मनाइरहेका छौँ ।

नेपाल सम्वत्का प्रवर्तक राष्ट्रिय विभूति शङ्खधर साख्वाःप्रति माल्यार्पण गर्दै उहाँको परोपकारी योगदानलाई स्मरण गर्नु हामी सबैका लागि गौरवको विषय हो ।