Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

भैरहवाबाट पोखरा आउँदै गरेको बसमा सवार एक व्यक्तिबाट लागुऔषध बरामद

Read the full story at Onlinekhabar (Nepali)

भैरहवाबाट पोखरा आउँदै गरेको बसमा सवार एक व्यक्तिबाट लागुऔषध बरामद

२३ कात्तिक, स्याङ्जा । भैरहवाबाट पोखरातर्फ आउँदै गरेको बसमा सवार एक युवकलाई स्याङ्जाको वालिङमा प्रहरीले नियन्त्रित लागुऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको लुभु स्थायी घर भई हाल कास्कीको पोखरा महानगरपालिका–९ नयाँबजार बस्ने २९ वर्षीय सन्दीप मिजार रहेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक नरेन्द्रकुमार बोगटीका अनुसार आइतबार वालिङ नगरपालिका–१० फूलबारी चोकस्थित सिद्धार्थ राजमार्गमा सवारीसाधन जाँच गर्ने क्रममा मिजार पक्राउ परेका हुन् ।

वडा प्रहरी कार्यालय वालिङबाट खटिएको टोलीले भैरहवाबाट पोखरातर्फ आउँदै गरेको ग २ ख १५५५ नम्बरको बस जाँच गरेको थियो । सोही क्रममा बसमा सवार मिजारको साथबाट लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले मिजारको साथबाट बुप्रेनोर्फिन इन्जेक्सन २७ एम्पुल, फेनेरगन १५ एम्पुल र डाइजेपाम इन्जेक्सन १९ एम्पुल बरामद गरेको छ । साथै, एक थान वनप्लस मोबाइल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

मिजारलाई नियन्त्रणमा लिएर लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक बोगटीले जानकारी दिए । उनलाई कात्तिक २२ गते स्याङ्जा जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।