एनपीएलमा आज पनि २ खेल हुँदै
Read the full story at Thaha Khabar

आज हुने पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। यी दुई टोली जारी संस्करण शान्दार लयमा छन्। समान अंकसहित तालिकाको दोस्रो र तेस्रो स्थानमा रहेका यी दुई टोलीबीचको विजेताले शीर्ष ४ मा स्थान पक्का गर्नेछ। पहिलो खेल गुमाएको काठमान्डु गोर्खाज त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै एनपीएल अंक तालिकाको दोस्रो स्थानमा छ।
५ खेलमा ४ जित र १ हारसहित ८ अंक जोडेको काठमान्डु क्वालिफायर्समा स्थान सुरक्षित गर्न चाहन्छ। पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले हारेको काठमान्डुले त्यसपछिका खेलहरुमा कर्णाली याक्सलाई ४ विकेट, विराटनगर किङ्सलाई ९ विकेट, लुम्बिनी लायन्सलाई ३६ रन र पछिल्लो खेलमा चितवन राइनोजलाई १० रनले हराएको हो। तेुस्रो स्थानको सुदूरपश्चिमसँग बराबरी अंक भए पनि १ खेल कम खेलेको काठमान्डु १ दशमलव १६८ को नेट रन रेट सहित बलियो स्थितिमा छ। अबको १ मात्र जितले पनि उसको शीर्ष २ मा स्थान पक्का हुनेछ।
यता, २ पटकको उपविजेता सुदूरपश्चिम यसपटक उतार चढावपूर्ण स्थितिमा छ। पहिलो खेलमा लुम्बिनीसँग ७ विकेटले हारेको सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउँदै पुनरागमन गर्यो। तर तेस्रो खेलमा फेरि विराटनगरसँग ३५ ले हारेको उसले त्यसपछिका खेलमा चितवनलाई ५ विकेट, कर्णालीलाई ३९ रन र पछिल्लो खेलमा जनकपुरलाई २७ रनले हराएको थियो।
More sports
- जुवातास खेलेको आरोपमा ४४ जना पक्राउNepal Khabar
- ह्वाइट हाउसनजिक गोली चल्यो, दुई जनाको मृत्यु, चार घाइतेNepal Khabar
- आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइतेRatopati
- सन्दीपको पहिचान दिने खेलNagarik News
- एनपीएलमा आज काठमान्डु र सुदूरपश्चिम तथा चितवन र जनकपुर खेल्नेOnlinekhabar (Nepali)
- Cricket sandpaper scandal claims '100% wrong', Australia captain saysBBC