त्रिवि मैदानको पिचमा बलरको दबदबा, ब्याटरलाई रन बनाउनै मुस्किल
Read the full story at Setopati

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा त्रिवि क्रिकेट मैदानको पिच ब्याटरका लागि चुनौतीपूर्ण बन्दै गएको छ। पछिल्ला खेलहरूमा कम योगफल बन्ने र त्यही स्कोर पनि रक्षा हुने क्रम बढेपछि मैदानको पिचबारे खेलाडीहरूले प्रश्न उठाउन थालेका छन्। कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी एनपिएलका खेलमा ब्याटिङ गर्न सहज देखिएको छैन। पिचले स्पिन बलरलाई बढी सहयोग गरिरहेको छ भने ब्याटरलाई खुलेर खेल्न कठिन भइरहेको छ। १३० रन आसपासको योगफल पनि प्रतिस्पर्धात्मक बन्न थालेको छ।
कतिपय खेलमा त्योभन्दा कम योगफलसमेत रक्षा भइरहेका छन्। शुक्रबार दोस्रो खेलमा चितवन राइनोजविरूद्ध जनकपुरले ८८ रन मात्र बनाउन सक्यो। जुन लक्ष्य चितवनले ६ विकेटको क्षतिमा १८औं ओभरमा पूरा गरेको थियो। त्यसअघि सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजविरूद्ध १२५ रनको योगफल रक्षा गरेको थियो। सुदूरपश्चिम रोयल्सका हेमन्त धामी र चितवन राइनोजका इंग्लिस ब्याटर डेविड मलानले पनि पिचको अवस्थाबारे आफ्नो धारणा राखेका छन्।
सुदूरपश्चिमका धामीका अनुसार टोलीलाई कम योगफल रक्षा गर्दा पनि ठूलो दबाब महसुस हुँदैन। यसको कारण टोलीको बलियो बलिङ युनिट र पिचको अवस्थाअनुसार आफूलाई ढाल्न सक्ने क्षमता हो। उनले पिचको प्रकृति बुझेर खेल्दा कम स्कोर पनि रक्षा गर्न सकिने बताएका छन्। यता, चितवनका मलानले त्रिवि मैदानको पिच पहिलो इनिङ्स र दोस्रो इनिङ्समा फरक तरिकाले खेलिरहेको बताएका छन्।
More politics
- गृहमन्त्री गुरुङ यूएई प्रस्थानNepal Khabar
- भीमफेदी दुर्घटना: दुई दिनपछि आफन्तले बुझे शवNepal Khabar
- जिपको पछाडि ठोक्कियो स्कुटर, पोखरामा दुई जनाको मृत्युNepal Khabar
- भारत, चीन र इजरायलका लागि प्रस्तावित राजदूतको अग्रिमो आयो, थप ७ देशबाट आउन बाँकीNepal Khabar
- बंगालको खाडीमा फेरि नयाँ न्यूनचापीय प्रणाली विकास हुँदैNepal Khabar
- आसाममा बस–ट्रक जुध्दा कम्तीमा २४ जनाको मृत्यु, ११ घाइतेNepal Khabar