Skip to main content
स्वास्थ्यOnlinekhabar (Nepali)

स्वास्थ्यमा सुधारसँगै ‘केबीसी’मा अमिताभको धमाकेदार कमब्याक

Read the full story at Onlinekhabar (Nepali)

स्वास्थ्यमा सुधारसँगै ‘केबीसी’मा अमिताभको धमाकेदार कमब्याक

बलिउडका महानायक अमिताभ बच्चन फेरि काममा फर्किएका छन् । स्वास्थ्यका कारण केही समय काम र सामाजिक सञ्जालबाट विश्राम लिएका उनी लोकप्रिय क्विज शो ‘कौन बनेगा करोडपति १८’ को मञ्चमा फर्किएका हुन् । अमिताभको स्वास्थ्यलाई लिएर प्रशंसकहरू चिन्तित भइरहेका बेला उनको कमब्याकले शुभचिन्तकलाई खुसी दिएको छ । शोको नयाँ प्रोमो सार्वजनिक गर्दै सोनी टेलिभिजनले अमिताभको पुनरागमनबारे जानकारी दिएको हो । पछिल्लो महिना चिकित्सकको सल्लाहअनुसार आराम गर्न उनले कामबाट केही समय विश्राम लिएका थिए ।

यस क्रममा उनले सामाजिक सञ्जालबाट पनि दूरी बनाएका थिए । अब भने उनी फेरि ‘कौन बनेगा करोडपति’को होस्टको कुर्सीमा देखिएका छन् । सार्वजनिक प्रोमोमा उनले दर्शकलाई दीपावलीको शुभकामना दिँदै आफूले पनि परिवारसँग पर्व मनाएको बताएका छन् । ‘आशा छ, तपाईंहरू सबैको दीपावली निकै राम्रो भयो होला । हामीले पनि आफ्नाहरूसँग दीपावली मनायौं ।

तर, अर्को एउटा घर पनि त छ, केबीसीको यो मञ्च,’ उनले भनेका छन् । प्रोमोमा हटसिटमा बसेका एक प्रतियोगीले अमिताभलाई उनको स्वास्थ्य अवस्थाबारे सोध्छन् । जवाफमा उनले आफ्नो परिचित मुस्कानसहित पहिले प्रतियोगीकै हालखबर सोध्छन् । लामो समयदेखि दर्शकसँग जोडिएको ‘कौन बनेगा करोडपति’को मञ्चमा उनलाई फेरि देख्न पाउँदा शुभचिन्तकहरू पनि उत्साहित देखिएका छन् ।