स्याफ्रुबेँसीमा काठेपुल बन्यो, आवतजावत सहज
Read the full story at Onlinekhabar (Nepali)

यसअघि गत भदौ १० गते आएको विनासकारी बाढीले स्याफ्रुबेँसीको पक्की पुल र सडकखण्ड बगाएपछि रसुवाको उत्तरी भेगमा यातायात सेवा पूर्ण रूपमा ठप्प बनेको थियो । गत कात्तिक १४ गते भोटेकोशी बाढीले स्याफ्रुबेँसी खोलाको पुल बगाएको थियो । उक्त पुल तीन दिनको निरन्तर प्रयासपछि पुनर्निर्माण सम्पन्न भई पुनः सञ्चालनमा आएको हो ।
गोसाइँकुण्ड गाउँपालिका–५ स्थित स्याफ्रुबेँसीमा स्थानीय तह, सुरक्षा निकाय र नागरिक समाजको संयुक्त प्रयासमा पुल पुनर्निर्माण गरिएसँगै आवतजावत सहज भएको हो । नेपाल रेडक्रस सोसाइटी, गोसाइँकुण्ड गाउँपालिका र आमाछोदिङ्मो गाउँपालिकाका वडा प्रतिनिधि, कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय बासिन्दाको श्रमदान एवं सक्रिय सहभागितामा उक्त काठेपुल निर्माण गरिएको हो । यसअघि गत भदौ १० गते आएको विनासकारी बाढीले स्याफ्रुबेँसीको पक्की पुल र सडकखण्ड बगाएपछि रसुवाको उत्तरी भेगमा यातायात सेवा पूर्ण रूपमा ठप्प बनेको थियो ।
लामो समयसम्म यातायात र पैदलमार्गसमेत अवरुद्ध हुँदा गोसाइँकुण्ड गाउँपालिका (वडा नं १ देखि ५) र आमाछोदिङ्मो गाउँपालिका (वडा नं १ देखि ५)का सर्वसाधारणले ठूलो सास्ती खेप्दै आएका थिए । बाढीले सडक सञ्जाल विच्छेद गराएको अवस्थामा अस्थायी रूपमा निर्माण गरिएको काठेपुलसमेत कात्तिक १४ गते नदीको बहाव बढ्दा बगेको थियो ।
More world
- French PM brings forward 1.6% increase in minimum wage in bid to calm protestsFrance 24
- Astraeus, Bright Thunder excelThe Hindu
- Leopard enters house, carries away dog in ThalavadiThe Hindu
- Vinodkumar Kallolickal takes charge as KCHR chairpersonThe Hindu
- Alliance committed to Vijayawada’s development, says MPThe Hindu
- Iran sees 'golden opportunity for a sweetheart deal' after US midterms, expert saysFrance 24