सेयर बजार : १५८ कम्पनीको मूल्य बढ्यो, १०७ को घट्यो
Read the full story at Onlinekhabar (Nepali)

त्यस्तै कारोबार भएका १४ कम्पनीको मूल्य स्थिर रह्यो । समग्रमा बजार परिसूचक नेप्से जम्मा २.६४ अंक बढेको छ । यो वृद्धिसँगै बजार परिसूचक नेप्से २६५५ अंकमा कायम भएको छ । दिनभर कारोबारका क्रममा बजारको उतारचढाव न्यून रह्यो । दिउँसो १ : ०७ बजे नेप्से अधिकतम २६६१ अंकसम्म पुगेको थियो ।
कारोबार रकम आज पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ७२ करोडको कारोबार भएकोमा आज ३ अर्ब ४६ करोडको भयो । अन्यबाहेक सबै समूहगत सूचक बढेका छन् । तर ती समूहगत सूचकको वृद्धि १ प्रतिशतभन्दा न्यून रह्यो । बैंकिङ ०.०९, विकास बैंक ०.२६, फाइनान्स ०.०३, होटल तथा पर्यटन ०.०४, जलविद्युत् ०.२५, लगानी ०.२३, जीवन बीमा ०.३५, उत्पादन तथा प्रशोधन ०.१०, माइक्रोफाइनान्स ०.०८, निर्जीवन बीमा ०.६५ र व्यापार ०.०८ प्रतिशत बढे ।
अन्य समूह ०.८८ प्रतिशत घट्यो । क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै १४.०८ प्रतिशत बढ्यो । बेनी हाइड्रोपावरको ५.७८, राष्ट्रिय बीमा कम्पनीको ३.४२, चिरख्वा हाइड्रोपावरको ३.१८, माउन्ट एभरेस्ट पावरको २.९० प्रतिशत मूल्य बढ्यो । त्यस्तै घोराही सिमेन्टको ४.४३, नेपाल पुनर्बीमाको ३.७०, कालिन्चोक दर्शनको २.७०, गुराँस लघुवित्तको २.६४ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा आज घोराही सिमेन्ट, स्वेतगंगा हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, घलेम्दी हाइड्रोपावर, सानिमा माइ हाइड्रोपावर, शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।
More business
- सुदूरपश्चिमले कर्णालीलाई दियो १७७ रनको विशाल लक्ष्यNepal Khabar
- कर्णालीलाई हराउँदै दोस्रो स्थानमा उक्लियो सुदूरपश्चिमNepal Khabar
- मिलरको अन्तिम ओभरको चार छक्काले टारेन कर्णालीको हार, सुदूरपश्चिम विजयीBizmandu
- एनपीएल : कर्णालीमाथि सुदूरपश्चिमको सहज जितNagarik News
- करिब दुई लाख विद्यार्थीको विवरण फर्जी देखिएपछि छानबिन समिति गठनThaha Khabar
- DLF, Everstone join hands for ₹3,750-crore IREO investmentThe Hindu