Skip to main content
राजनीतिNagarik News

पृथ्वी जोगाउन हरेक वर्ष ६ प्रतिशत उत्सर्जन कटौती गर्न गुटेरेसको आग्रह

Read the full story at Nagarik News

पृथ्वी जोगाउन हरेक वर्ष ६ प्रतिशत उत्सर्जन कटौती गर्न गुटेरेसको आग्रह

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभन्दा माथि जानबाट रोक्न नसकिने अवस्था देखिए पनि त्यसको अवधि र प्रभाव न्यून बनाउन तत्काल र व्यापक रूपमा हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्ने बताएका छन्। यही कात्तिक २३ गतेदेखि यहाँ जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप-३१) को अन्तिम पत्रकार सम्मेलनमा शुक्रबार सम्बोधन गर्दै उनले आगामी केही वर्षसम्म प्रतिवर्ष करिब छ प्रतिशतका दरले उत्सर्जन कटौती गर्नुपर्ने आवश्यकता औँल्याए।

राष्ट्रिय निर्धारित योगदान (एनडिसी)अन्तर्गतका देशले प्रस्तुत गरेका वर्तमान जलवायु प्रतिबद्धता कार्यान्वयन हुँदा पनि यस शताब्दीको अन्त्यसम्म विश्वको तापक्रम वृद्धि २.५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने जोखिम रहेको उनले बताए। 'हाम्रो जिम्मेवारी तापक्रम वृद्धिलाई १.५ डिग्रीभन्दा माथि जाने अवस्थालाई सकेसम्म न्यून राख्नु, छोटो अवधिसम्म सीमित गर्नु र तापक्रमलाई सकेसम्म छिटो पुनः १.५ डिग्रीभन्दा तल झार्नु हो', महासचिव गुटेरेसले भने।

उनले तापक्रम वृद्धिको सीमित र अस्थायी अवस्थाले अहिले देखिएका जलवायुजन्य विनाशकारी प्रभावलाई थप तीव्र बनाउने भएकाले जलवायु न्यायको आवश्यकता अझ बढेको बताए।