आज यसरी मनाइँदैछ विश्व मधुमेह दिवस
Read the full story at Nagarik News

आज विश्व मधुमेह दिवस हो। विश्वका विभिन्न देशमा विविध चेतनामूलक कार्यक्रमका साथ यो दिवस मनाइँदैछ। मधुमेह रोगबारे चेतना अभिवृद्धि गर्ने, यसको जोखिम न्यूनीकरण गर्ने तथा रोकथाम, पहिचान र उपचारमा पहुँच बढाउने उद्देश्यले प्रत्येक वर्ष नोभेम्बर १४ मा यो दिवस मनाइन्छ। पछिल्लो एक दशकमा उच्च आय भएका मुलुकको तुलनामा न्यून तथा मध्यम आय भएका मुलुकमा मधुमेहको प्रकोप तीव्र गतिमा बढेको छ।
यसका प्रमुख कारणमध्ये बढी तौल र मोटोपना पनि रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। मधुमेह अन्धोपना, मिर्गौला फेल हुने, हृदयाघात, पक्षाघात तथा हातखुट्टा काट्नुपर्ने अवस्थाको प्रमुख कारणमध्ये एक हो। स्वस्थ खानपान, नियमित शारीरिक व्यायाम तथा सुर्तीजन्य पदार्थको सेवन नगर्नाले टाइप-२ मधुमेह हुनबाट बच्न वा यसको जोखिम कम गर्न सकिन्छ। मधुमेहको समयमै पहिचान, नियमित स्वास्थ्य परीक्षण, औषधोपचार तथा रोगका जटिलताको उचित उपचारबाट यसका गम्भीर असर रोक्न वा न्यूनीकरण गर्न सकिने चिकित्सक बताउँछन्।
उनीहरूको सल्लाहअनुसार नियमित उपचार र जीवनशैलीमा सुधार गर्नु मधुमेह नियन्त्रणका लागि महत्त्वपूर्ण मानिन्छ। मधुमेहबाट बच्न स्वस्थ जीवनशैली अपनाउन आवश्यक भएको मधुमेह रोग विशेषज्ञ डा. विनय भट्टराईले राससलाई बताए।
More world
- आज विश्व मधुमेह दिवस मनाइँदैThaha Khabar
- Indian Student Jailed For 30 Years In UK For Grooming Girls OnlineNDTV
- "May Lose My Mind": Thousands Stuck At US Airports Amid Flight ShutdownNDTV
- US flights resume after nationwide ground stop liftedFrance 24
- Nvidia controversy: Trump unlikely to raise Alice Huang allegations with Xi JinpingTimes of India
- Trump, Xi, Putin To Hold Historic Meeting In China Next WeekNDTV