कतारी प्रधानमन्त्रीसँगको भेटपछि ट्रम्प : इरानमा हमलाको सम्भावना न्यून छ
Read the full story at Onlinekhabar (Nepali)

अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठूलो क्षति बेहोरेको केही समयपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य अभियान पुनः सुरु हुने सम्भावना अत्यन्तै न्यून रहेको र अहिलेको अवस्थामा थप सैन्य प्रहार ‘आवश्यक नरहेको’ बताएका छन्। सोमबार ओभल अफिसमा कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल-थानीसँगको उच्चस्तरीय भेटवार्तापछि ट्रम्पले इरानसँगको द्वन्द्व सैन्य रूपमा ‘प्रभावकारी रूपमा समाप्त’ (मिलिटारिली इफेक्टिभ्ली ओभर ) भएको दाबी गर्दै मध्यपूर्वमा शान्ति स्थापनाका लागि सकारात्मक वातावरण बनेको बताए। ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने,’हामी यो द्वन्द्व अन्त्यतर्फ अगाडि बढिरहेको सकारात्मक गति (मोमेन्टम ) देखिरहेका छौँ।
इरानसँग थप सैन्य कारबाही आवश्यक छ जस्तो मलाई लाग्दैन। इरान सैन्य रूपमा प्रभावकारी रूपमा समाप्त भइसकेको छ। ’ कतारका प्रधानमन्त्रीले राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग वासिङ्टनमा साउदी, कतारी र ओमानको २ दिने विश्वास अभिवृद्धि प्रस्तावबारे सकारात्मक छलफल भएको जनाएका छन्।
अमेरिकाले मध्यपूर्वमा दुई वटा एयरक्राफ्ट क्यारियर तैनाथ राखेको र तेस्रो क्यारियर क्षेत्रतर्फ पठाइसकेको बताइएको छ। ट्रम्पले सेना ‘फुली लोडेड’ अवस्थामा रहेको दाबी गरे।
More environment
- रिसराग भुलेर सामाजिक एकता र सहिष्णुताको भावना बलियो बनाऔँ: प्रधानमन्त्रीNepal Khabar
- Traffic resumes on Prithvi Highway after overnight landslideKathmandu Post
- Nepal urges climate justice for Himalayas at COP31Kathmandu Post
- Delhi's air quality improves to 'poor' due to increased wind speedThe Hindu
- High Pollution Alert Issued: Sadiq Khan warns of very high PM2.5; experts seek burn alertsTimes of India
- After 800 years with one family, 9,500-acre UK estate bought for wildlife with 25,000 donors' helpTimes of India