बेलिब्रिज राख्नु जोखिमपूर्ण हुने सडक विभागका महानिर्देशकको चेतावनी
Read the full story at Nepal Khabar

सडक विभागका महानिर्देशक डा. विजय जैसीले बाढीपहिरोको उच्च जोखिम रहेका क्षेत्रमा जथाभावी बेलिब्रिज राख्नु घातक हुनसक्ने चेतावनी दिएका छन्। शुक्रबार सिंहदरबारमा बसेको 'हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोसी-त्रिशूली विपद्' सम्बन्धी संसदीय विशेष समितिको बैठकमा जैसीले बेलिब्रिज निर्माण र व्यवस्थापनका प्राविधिक कठिनाइबारे जानकारी गराए। 'हामीले बेलिब्रिज राख्न हतारिनु हुँदैन।
धेरै ठाउँमा बेलिब्रिज राख्नुभन्दा भएका पुलहरूको एप्रोच सडक सुधार गर्दा दीर्घकालीन र सुरक्षित हुन्छ। नत्र, बर्खायामको बाढीले संरचना बगाउने निश्चित छ,' उनले भने। महानिर्देशक जैसीकाअनुसार बेलिब्रिज निर्माण गर्दा आवश्यक पर्ने बलियो फाउन्डेसन र त्यसको सुरक्षाका लागि उच्च प्राविधिक सतर्कता अपनाउनुपर्ने हुन्छ। उनले रसुवागढी नाकाको उदाहरण दिँदै बेलिब्रिज निर्माणका लागि ठूलो खर्च र लामो समय लाग्ने औँल्याए।
बर्खा लाग्नुपूर्व नै त्यस्ता अस्थायी संरचना हटाउनुपर्ने बाध्यात्मक अवस्था रहेकाले यसले थप आर्थिक भार र प्राविधिक जटिलता निम्त्याउने उनको भनाइ छ। विभागले नियमविपरीत र बजेटको सुनिश्चितता नहुँदा पनि आपत्कालीन अवस्थामा काम गरिरहेको उनले बताए। 'हामीले मालढुङ्गा र आरुघाट पुलको समस्या पनि बजेट अभावकै बीच समाधान गरेका हौँ तर अहिले बेलिब्रिज राख्ने निर्णय गर्दा आउन सक्ने सम्भावित विपद्को जिम्मेवारी लिनुपर्ने हुन्छ,' जैसीले भने।
More environment
- उत्तरढोकामा ग्लोबल आईएमई बैंकको १२ तले अत्याधुनिक कर्पोरेट भवन बन्दै, चन्द्र ढकालले गरे भूमिपूजाNepal Khabar
- Landslide dams river, forming lake in GorkhaKathmandu Post
- COP31 faces tough test as climate threats mountOnlinekhabar English
- AAP spent Centre's ₹1,600 crore flood relief funds for Punjab elsewhere: CM SainiThe Hindu
- गुल्मीको राक्सेमा सुक्खा पहिरो: कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्धDC Nepal
- Earthquake rattles HumlaThe Rising Nepal