Skip to main content
विश्वOnlinekhabar (Nepali)

अनुमति नलिई निषेधित क्षेत्र प्रवेश गरेका ४ विदेशीलाई तिराइयो जरिबाना

Read the full story at Onlinekhabar (Nepali)

अनुमति नलिई निषेधित क्षेत्र प्रवेश गरेका ४ विदेशीलाई तिराइयो जरिबाना

नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन पदयात्रा सम्बन्धी कानुनी प्रावधान तथा अनुमति प्रणाली पूर्ण पालना गर्नुपर्ने विभागले स्पष्ट पारेको छ । २० कात्तिक, काठमाडौं । निषेधित क्षेत्रमा आवश्यक अनुमति नलिई पदयात्रा गराएको भन्दै अध्यागमन विभागले एक ट्राभल एजेन्सी सहित चार विदेशीलाई कारबाही गरेको छ ।

विभागका अनुसार डोल्पा जिल्लाको निषेधित क्षेत्र तल्लो डोल्पामा पदयात्रा अनुमति नलिई मेक्सिकोका चार नागरिक प्रवेश गरेको पाइएपछि कारबाही गरिएको हो । त्यसैगरी पदयात्रा अनुमति नलिई निषेधित क्षेत्रमा प्रवेश गरेका मेक्सिकोका चारै जना नागरिकलाई जनही १० हजार रुपैयाँका दरले जरिबाना गरिएको छ । उनीहरूबाट पदयात्रा अनुमति लिँदा लाग्ने दस्तुर बापत प्रतिव्यक्ति २० अमेरिकी डलर समेत असुल गरिएको विभागले जनाएको छ ।

नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन पदयात्रा सम्बन्धी कानुनी प्रावधान तथा अनुमति प्रणाली पूर्ण पालना गर्नुपर्ने विभागले स्पष्ट पारेको छ । विशेषगरी निषेधित क्षेत्र प्रवेश गर्दा अध्यागमन नियमावली २०५१ को नियम ३२ बमोजिम आवश्यक प्रक्रिया पूरा गरी पदयात्रा अनुमति लिनुपर्ने व्यवस्था छ । विभागले विदेशी, ट्रेकिङ एजेन्सी तथा सम्बन्धित सरोकारवालालाई निषेधित क्षेत्रमा पदयात्रा गराउँदा अनिवार्य अनुमति लिन र प्रचलित कानुनी व्यवस्थाको पूर्ण पालना गर्न आग्रह गरेको छ ।