Skip to main content
विश्वRatopati

कसरी चुनिन्छन् संयुक्त राष्ट्रसङ्घका नयाँ महासचिव ?

Read the full story at Ratopati

कसरी चुनिन्छन् संयुक्त राष्ट्रसङ्घका नयाँ महासचिव ?

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घ (युएन) को सर्वोच्च प्रशासनिक तथा कूटनीतिक पद महासचिवका लागि यस पटक आठ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । वर्तमान महासचिव एन्टोनियो गुटेरेसको कार्यकाल डिसेम्बर ३१ मा सकिँदैछ । त्यसअघि नयाँ महासचिवको नाम टुङ्ग्याउन सुरक्षा परिषद्ले गोप्य मतदान र अनौपचारिक परामर्शको प्रक्रिया अघि बढाएको छ । तर अहिलेसम्म कुनै उम्मेदवार स्पष्ट अग्रस्थानमा छैनन् ।

सुरक्षा परिषद्का पाँच स्थायी सदस्य राष्ट्रको भिटो अधिकारका कारण बहुमतको समर्थन मात्र नयाँ महासचिव बन्न पर्याप्त हुँदैन । त्यसैले यो चयन प्रक्रिया विश्वका शक्तिशाली राष्ट्रबिचको कूटनीतिक सहमति, प्रतिस्पर्धा र राजनीतिक प्रभावको परीक्षा पनि बनेको छ । संयुक्त राष्ट्रसंघको बडापत्रको धारा ९७ अनुसार महासचिवको नियुक्ति महासभाले सुरक्षा परिषद्को सिफारिसमा गर्छ । व्यवहारमा भने १५ सदस्यीय सुरक्षा परिषद्ले नै उम्मेदवार छनोट गर्ने निर्णायक भूमिका खेल्छ । सुरक्षा परिषद्‌मा पाँच स्थायी सदस्य छन्– अमेरिका, चीन, रुस, बेलायत र फ्रान्स ।

यी पाँचै राष्ट्रसँग कुनै पनि प्रस्ताव रोक्न सक्ने भिटो अधिकार छ । बाँकी १० सदस्य अस्थायी सदस्य हुन्, जसलाई प्रत्येक दुई वर्षमा निर्वाचित गरिन्छ । हाल सुरक्षा परिषद्का अस्थायी सदस्यमा बहराइन, कोलम्बिया, कङ्गो लोकतान्त्रिक गणतन्त्र, डेनमार्क, ग्रिस, लाट्भिया, लाइबेरिया, पाकिस्तान, पानामा र सोमालिया छन् ।