अनिँदो र थकानमा थिए चालक, प्रहरी चेकपोस्टमा थिएन इन्ट्री
Read the full story at Onlinekhabar (Nepali)

२६ कात्तिक, हेटौंडा । भीमफेदी गाउँपालिकाको देउराली सडक खण्डअन्तर्गत चिसापानी गढी नजिक भिरबाट एउटा यात्रुबहाक भ्यान दुर्घटना भएको छ । जसमा परी ११ जनाको घटनास्थलमै मृत्यु भृको छ भने ६ जना घाइते छन् । यो दुर्घटनाले फेरि सवारी सुरक्षाको बहसमा सम्झाइदिएको छ । लामो दुरीमा चलाउने चालकहरूमा पर्ने धपेडी, चाडबाडमा हुने यात्रुहरूको चाप र सडकको अवस्था लगायतका विषय एकैपटक बहसमा आएका छन् ।
काठमाडौंबाट सर्लाहीका लागि हिँडेको गाडीले रातको २ बजेदेखि यात्रु संकलन गर्न थालेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले अनलाइनखबरलाई जानकारी दिए । यो गाडी बुधबारै नै सर्लाहीबाट हिँडेर काठमाडौं आएको थियो । काठमाडौंबाट मध्यराती नै सर्लाही जाने यात्रु भेला गरेर हिँडेको थियो । `घाइतेहरूका अनुसार राति २ बजेदेखि चालकले यात्रु संकलन गर्दै हिँडेका रहेछन् । बुधबार सर्लाहीबाट फर्किएको रहेछ,´अधिकारीले भने, `चालकले पर्याप्त आराम र निन्द्रा नपुगेको देखियो ।
२ बजेदेखि यात्रु चढाउन थालेकोले अनुसारले चालक १ बजे नै उठेको हुनुपर्छ । ´ बुधबार सर्लाहीबाट फर्किएर पर्याप्त आराम नलिँदै र अनिँदो अवस्थामै चालक पुनः यात्रु बोकेर हिँड्नु नै जोखिम देखिएको प्रजिअ अधिकारीको भनाई छ । दुर्घटनामा सर्लाहीको कबिलासी गाउँपालिका-८ का करिब ३० वर्षीय चालक रविशंकर कुमार मण्डलको मृत्यु भएको छ ।
More society
- भीमफेदी गाडी दुर्घटनाका घाइते सबै एउटै वडाका बासिन्दा : सर्लाही प्रहरीNepal Khabar
- Police get five-day custody of ex-MLA Muthukumar in private school bribery caseThe Hindu
- वीरगञ्ज कारागारबाट भागेका कैदी भारतको बिहारबाट पक्राउThaha Khabar
- India should offer world new development model rooted in tradition: BhagwatThe Hindu
- Major reshuffle of IPS officers in Telangana | Mahesh Bhagwat is new Commissioner of Hyderabad PoliceThe Hindu
- Sanction granted by PMO to prosecute two IAS officers in Tamil Nadu, Madras High Court toldThe Hindu