गुल्मीमा असिना पानीले धानबालीमा क्षति
Read the full story at Onlinekhabar (Nepali)

२७ कात्ति, गुल्मी । धान भित्र्याउने तयारीमा रहेका गुल्मीका किसानलाई तिहारको भाइटीकाको दिन परेको असिनापानीले निराश बनाएको छ । असिनापानीका कारण जिल्लाको इस्मा गाउँपालिका–१ भराह, गुर्वामा पाक्न लागेको धानबालीमा ठूलो क्षति पुगेको छ । गुर्वामा मात्रै एकै ठाउँमा करिब ४ सय रोपनी क्षेत्रफलमा लगाइएको धानबालीमा असिनापानीले क्षति पुर्याएको हो । असिनापानीका कारण खेतमा पाक्न लागेको धान झरेपछि किसानहरू चिन्तित बनेका छन् ।
स्थानीय कृषक पदम खत्रीले मात्रै करिब १ सय रोपनी क्षेत्रफलमा लगाएको धान असिनाले क्षति पुर्याएको छ । केही दिनमै धान काटेर भित्र्याउने तयारीमा रहेका खत्रीको वर्षभरिको मेहनत असिनापानीले प्रभावित बनाएको बताए । उनले आफनो र अरुको जग्गा समेत भाडामा लिएर धान उत्पादन गर्दै आएका छन् । धान उत्पादन राम्रो भएपनि अन्तिम समयमा परेको असिना पानीले ठूलो क्षती गरेका बताए । यस वर्ष धान उत्पादन राम्रो हुने अपेक्षा गरिएको भए पनि असिनापानीले पाक्न लागेको धान झारिदिएपछि उत्पादनमा असर पर्ने कृषक खत्रीले बताए ।
धान राम्रो फलेको अवस्थामा असिनापानी परेर क्षति पु¥याउँदा आफूहरूलाई ठूलो नोक्सानी भएको उनको भनाइ छ । गुर्वामा मात्रै नभई असिनापानीले जिल्लाका अन्य स्थानमा समेत धानबालीमा क्षति पुर्याएको छ । गुल्मीमा तिहार पर्व सकिएसँगै किसानहरू धान काट्ने र भित्र्याउने चटारोमा जुट्न थालेका छन् ।
More politics
- Nepali negotiators at COP31 cling to hope for mountain agendaKathmandu Post
- Kathmandu airport unable to collect Rs1.5 billion from 42 entitiesKathmandu Post
- Nepali workers make a living on Kedarnath’s 22-kilometre trailKathmandu Post
- Land classification delays force government to amend regulations for fourth timeKathmandu Post
- Makawanpur crash kills 14, casts shadow over Chhath preparationsKathmandu Post
- Why teams are preferring to bat first at NPLKathmandu Post