Skip to main content
अर्थतन्त्रOnlinekhabar (Nepali)

नेपाली उत्पादनको भारतीय बजारमा पहुँचबारे भारतीय उद्योगमन्त्रीसँग मन्त्री साहको छलफल

Read the full story at Onlinekhabar (Nepali)

नेपाली उत्पादनको भारतीय बजारमा पहुँचबारे भारतीय उद्योगमन्त्रीसँग मन्त्री साहको छलफल

२७ कात्तिक, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयुष गोयलबीच भारतको विशाखापटनमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ । ३१औं पार्टनरसिप समिट २०२६ मा सहभागी हुने क्रममा भएको उक्त भेटवार्तामा नेपाल–भारतबीचको व्यापार, पारवहन, औद्योगिक सहकार्य, लगानी प्रवद्र्धन, गुणस्तर प्रमाणीकरण तथा नेपाली उत्पादनको भारतीय बजारमा सहज पहुँचलगायतका महत्वपूर्ण विषयमा विस्तृत छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको हो ।

भेटवार्तामा मन्त्री साहले नेपाली उद्योगले भारतीय बजारमा प्रवेश गर्दा गुणस्तर प्रमाणीकरण तथा भारतीय मानक ब्यूरो (बिआइएस)को प्रमाणपत्र प्राप्त गर्न भोग्नुपरेका प्रक्रियागत जटिलता, समय र लागतसम्बन्धी समस्याहरू प्रस्तुत गरे । उनले नेपाली सिमेन्ट, स्टिल, प्लाइउड, जुत्ता, धागो तथा अन्य औद्योगिक उत्पादनको प्रमाणीकरण प्रक्रियालाई सरल, सहज बनाउन आग्रह गरे । नेपालमा बिआईएस मापदण्ड अनुरूपको परीक्षण प्रयोगशाला स्थापना गर्ने प्रस्तावप्रति भारतीयमन्त्री पीयुष गोयलले सकारात्मक चासो र तत्परता व्यक्त गरे ।

उनले उक्त विषयलाई अगाडि बढाउन आफ्नो मन्त्रालयका सम्बन्धित सचिवलाई आवश्यक समन्वय तथा प्रक्रिया अघि बढाउन निर्देशनसमेत दिएको उनको सचिवालयले जनाएको छ ।