कलि सम्वत् : पूर्वीय सनातन सभ्यताको अन्तर्राष्ट्रिय सम्वत्
Read the full story at Ratopati

हिन्दु वाङ्मयमा सत्य, त्रेता, द्वापर र कलियुग गरी चार युग तथा कल्प र मन्वन्तरको चक्रीय प्रणाली निरन्तर चलिरहने शास्त्रीय मान्यता छ। यसै मान्यताअनुसार ब्रह्माजीले मानव सृष्टि गरेपछि वसन्त ऋतुको चैत्र शुक्ल (मधुमास) प्रतिपदाको आइतबारका दिनदेखि कालगणना सुरु गरेको पाइन्छ। सोही आधारमा हाल विक्रम सम्वत् २०८३ सम्म आइपुग्दा सृष्टि सुरु भएयता १ अर्ब ९५ करोड ५८ लाख ८५ हजार १२७ (१,९५,५८,८५,१२७) सृष्टि गताब्द वर्ष मानिएको छ भने कलिगत सम्वत् (कलेर्गताब्द) ५१२७ वर्ष पुगेको विवरण पञ्चाङ्गहरूमा पाइन्छ (‘सूर्य पञ्चाङ्ग’)। कतै यो युगलाई आधुनिक वा वैज्ञानिक युग भन्ने गरिएको पनि सुनिन्छ।
जे भए पनि पूर्वीय वैदिक परम्पराअनुसार वर्तमान समय कलियुग नै हो। ‘कालयति सर्वाणि भूतानि’ अर्थात् समयले सम्पूर्ण ब्रह्माण्ड वा सृष्टिलाई नै ग्रास गर्छ (खाइदिन्छ) भन्ने शास्त्रीय युक्ति पनि छ। यसै विधानअनुसार विक्रम सम्वत्को हरेक चैत्र शुक्ल प्रतिपदादेखि ६० वटा संवत्सरहरू चक्राकार रूपमा फेरिइरहन्छन्। संवत्सर फेरिएको दिन जुन बार पर्छ, सोही बार आगामी वर्षको ‘राजा’ र नयाँ वर्ष सुरु भएको दिनको बारको प्रतिनिधि ग्रह ‘मन्त्री’ हुने गर्छ।
यही गणनाअनुसार वि.सं. २०८३ को संवत्सरको नाम ‘रौद्र’ हो भने राजा ‘गुरु’ र मन्त्री ‘मंगल’ ठहरिन्छन्।
More world
- अमेरिकी डलरको भाउ बढ्यो, अरू विदेशी मुद्राको मूल्य थप घट्योNepal Khabar
- International cricketers fall in love with Nepal beyond TU GroundKathmandu Post
- The Nepali border villages that empty for six months every yearKathmandu Post
- 74 terrorists killed in multiple operations: Pakistani ArmyThe Hindu
- Six vehicles involved in accident on Mumbai Coastal Road; SUV catches fire; no injuriesThe Hindu
- KPTCL prepares power network ahead of Vande Bharat launch on Western Ghat routeThe Hindu