Skip to main content
समाजRatopati

चाडपर्वमा बाहिरिइरहेको ढुकुटी र हाम्रो विडम्बना

Read the full story at Ratopati

चाडपर्वमा बाहिरिइरहेको ढुकुटी र हाम्रो विडम्बना

नेपालीहरूको महान् चाड दसैँ र तिहार घरदैलोमा भित्रिनेबित्तिकै चारैतिर उमङ्ग र उल्लासको वातावरण छाइहाल्छ। विशेष गरी तिहारको उज्यालो पर्व लक्ष्मीपूजा, जुन धन, धान्य र समृद्धिकी देवी लक्ष्मीको स्वागतार्थ मनाइन्छ। धर्मशास्त्र र परम्पराअनुसार लक्ष्मीपूजा भनेको घर सफा सुग्घर राखेर माटोको दियो, तेल वा घिउको बात्ती, स्थानीय फूलहरू र आफ्नै श्रम तथा उत्पादनले घरलाई उज्यालो बनाउने र सन्तुष्टि खोज्ने पर्व हो। तर, विडम्बना!

आज हाम्रो मौलिकता आयातित चम्किलोपनको जालोमा यसरी रुमलिएको छ कि, धनकी देवी लक्ष्मीलाई खुसी पार्ने बहानामा हामी करोडौँ होइन, अर्बौं रुपैयाँ नेपाली रुपैयाँ विदेश पठाइरहेका छौँ। दसैँ र तिहारको करिब दुई महिनाको अवधिमा उपभोग्य वस्तु, लत्ताकपडा, सवारीसाधन बाहेक केवल चाडपर्व विशेषका क्षेत्रमा मात्रै ३ देखि ५ अर्ब रुपैयाँभन्दा बढी रकम आयातका नाममा बिदेसिने गरेको छ। यो भन्दा ठुलो विडम्बना अरू के हुन सक्छ? चाडपर्वको समयमा नेपालको बजार विदेशी वस्तुहरूको ट्रान्जिट जस्तै बन्ने गरेको छ।

भन्सार विभागको पछिल्लो तथ्याङ्कलाई मात्र हेर्ने हो भने पनि तस्बिर स्पष्ट हुन्छ। तिहारलाई लक्षित गरेर मात्रै नेपालमा हरेक वर्ष करिब ६५ देखि ८० करोड रुपैयाँ हाराहारीको बिजुलीका झिलिमिली बत्तीहरू (एलइडी लाइट, वाटरफल लाइट आदि) आयात हुने गरेका छन्।