Skip to main content
विश्वRatopati

युक्रेन शान्ति वार्तामा युरोपलाई पनि सहभागी गराउन पुटिन सहमत, जेलेन्स्कीले गरे स्वागत

Read the full story at Ratopati

युक्रेन शान्ति वार्तामा युरोपलाई पनि सहभागी गराउन पुटिन सहमत, जेलेन्स्कीले गरे स्वागत

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनसँगको आगामी शान्ति वार्तामा युरोपेली प्रतिनिधिहरूलाई पनि सहभागी गराउन सहमत भएका छन् । अमेरिकी विशेष दूत स्टिभ विटकफले बिहीबार क्रेमलिनमा पुटिनसँगको भेटपछि यस्तो जानकारी दिएका हुन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि वार्तामा युरोपको सहभागिताको सम्भावनालाई स्वागत गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले रुस र युक्रेनबिच युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास तीव्र बनाइरहेका बेला पुटिनको यो सहमतिलाई महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ । यद्यपि युद्ध अन्त्य गर्ने सर्त र क्षेत्रीय विवादका विषयमा रुस तथा युरोपेली मुलुकबिच गहिरो मतभेद रहेकाले वार्ताले कस्तो परिणाम दिन्छ भन्ने स्पष्ट भइसकेको छैन । पुटिनसँगको भेटपछि अमेरिकी विशेष दूत विटकफले रुसी सरकारी टेलिभिजनसँग भने, ‘आगामी बैठकमा युरोपेलीहरू सहभागी हुनेछन् । उनीहरू हाम्रा साझेदार भएकाले वार्तामा उनीहरूको सहभागिता हाम्रो लागि महत्त्वपूर्ण छ ।

’ विटकफसँगै अमेरिकी राष्ट्रपति ट्रम्पका ज्वाइँ तथा विशेष दूत जारेड कुसनरले पनि पुटिनसँग भेट गरेका थिए । त्यसपछि उनीहरू आयरल्यान्ड पुगेका थिए । डब्लिनमा रहेका जेलेन्स्कीसँग अमेरिकी प्रतिनिधिमण्डलले भेटवार्ता गरेको थियो । जेलेन्स्कीले आगामी चरणको वार्ता र त्यसमा युरोपेली मुलुकको सहभागिताको सम्भावनाप्रति खुसी व्यक्त गरेका छन् ।