Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

प्रस्तावित न्यायाधीश पाण्डे भन्छन्-न्यायाधीश भएपछि राजनीतिको चप्पल बाहिरै खोलेको छु

Read the full story at Onlinekhabar (Nepali)

प्रस्तावित न्यायाधीश पाण्डे भन्छन्-न्यायाधीश भएपछि राजनीतिको चप्पल बाहिरै खोलेको छु

सांसदहरूको प्रश्नको जवाफ दिंदै प्रस्तावित न्यायाधीश पाण्डेले न्यायाधीश भएपछि राजनीतिको चप्पल बाहिरै खोलेर न्याय सम्पादन गर्ने गरेको बताएका हुन् । २० कात्तिक, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेले न्यायाधीश भएपछि राजनीतिक प्रभाव र सम्बन्धलाई अदालतभित्र प्रवेश गर्न नदिने बताएका छन् ।

संसदीय सुनुवाइ समितिमा नेकपा एमालेकी सांसद पद्मा अर्यालले भुटानी शरणार्थी प्रकरणसँग सम्बन्धित मुद्दामा प्रश्न गरेपछि जवाफ दिँदै पाण्डेले न्यायाधीश भएपछि राजनीतिको चप्पल बाहिरै खोलेर न्याय सम्पादन गर्ने गरेको बताएका हुन् । ‘भुटानी शरणार्थी जुन मुद्दा प्रकरण, त्यसमा पनि एउटै केसमा फरक खालको देखियो भन्ने छ’, अर्यालले भनेकी थिइन, ‘न्यायिक आचरण र जवाफदेहिता, आर्थिक पारदर्शिता, स्वार्थको द्वन्द्व र नैतिक जवाफदेहितालाई तपाईंले कसरी सुनिश्चित गर्नुहुन्छ ?’ भुटानी शरणार्थी प्रकरणमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रुपैयाँ असुलिएको थियो । यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलगायत उच्च राजनीतिक तथा प्रशासनिक तहका व्यक्तिहरूमाथि अभियोग लागेको थियो ।

उक्त प्रकरणमा उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले २०८० मंसिरमा थुनछेकसम्बन्धी आदेश दिएको थियो ।