Skip to main content
खेलकुदSetopati

ह्याट्रिकको खुसीमा सन्दीपको प्रतिक्रिया– व्यक्तिगत कीर्तिमानभन्दा टोलीको जित ठूलो

Read the full story at Setopati

ह्याट्रिकको खुसीमा सन्दीपको प्रतिक्रिया– व्यक्तिगत कीर्तिमानभन्दा टोलीको जित ठूलो

नेपाल प्रिमियर लिग (एनपिएल) मा बिहीबार पोखरा एभेन्जर्सविरुद्ध ह्याट्रिकसहित ६ विकेट लिएर टोलीलाई महत्वपूर्ण जित दिलाएपछि सन्दीपले आफ्नो प्रदर्शनभन्दा सामूहिक प्रयासलाई बढी महत्व दिए। पोखरालाई ४ विकेटले पराजित गरेसँगै विराटनगर अंक तालिकाको शीर्ष चारमा उक्लिएको छ। यो जितले विराटनगरको प्लेअफ सम्भावना बलियो बनेको छ। लक्ष्य पछ्याउने क्रममा बासिर अहमद, शेहान जयसूर्या र इसुरु उदानाको प्रदर्शनको उनले प्रशंसा गरे। कठिन अवस्थामा उनीहरूले टोलीलाई सम्हालेको सन्दीपको भनाइ थियो।

विशेषगरी आन्द्रे रसेलको स्थानमा टोलीमा आएका इसुरुको प्रदर्शनबाट उनी प्रभावित देखिए। खेलको परिस्थिति र दबाबअनुसार आफूलाई ढाल्न सक्ने क्षमता इसुरुमा रहेको उनले बताए। इसुरुले अन्तिम समयमा आक्रामक ब्याटिङ गर्दै विराटनगरलाई जित दिलाएका थिए। विराटनगरले जितका लागि १३३ रनको लक्ष्य पछ्याउँदा एक समय ७८ रनमा पाँच विकेट गुमाएको थियो। तर इसुरु र शेहानले अविजित ३१ रनको साझेदारी गर्दै टोलीलाई जितसम्म पुर्‍याए।

पोखराविरुद्धको खेलमा सन्दीपले ह्याट्रिकसहित ६ विकेट लिएका थिए। उनले ४ ओभरमा २७ रन खर्चिएका थिए। यो उनको एनपिएल करिअरकै उत्कृष्ट बलिङ प्रदर्शन हो। उनका अनुसार विकेट लिएपछि साथी खेलाडीहरू आएर खुसी साट्ने र सामूहिक रूपमा उत्सव मनाउने गर्छन्। तर आफूले कति विकेट लिएँ भन्नेभन्दा टोलीले जित्यो कि जितेन भन्ने कुरा महत्वपूर्ण हुने उनको भनाइ थियो।