प्रवासी नेपालीको पुँजीलाई राष्ट्रिय विकासमा जोड्नुपर्छ: पूर्वराष्ट्रपति भण्डारी
Read the full story at Nepal Khabar

पूर्वराष्ट्रपति एवं नेकपा (एमाले)की वरिष्ठ नेता विद्यादेवी भण्डारीले प्रवासी नेपालीको पूँजीलाई राष्ट्रिय विकासमा जोड्नुपर्ने बताएकी छन्। बुधवार काठमाडौंमा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै भण्डारीले विदेशमा रहेका नेपालीको सुरक्षा र हित संरक्षणमा राज्य गम्भीर हुनुपर्ने बताइन्।
'विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई समयमै सहयोग, उद्धार र सुरक्षित स्वदेश फिर्तीको व्यवस्था मिलाउनु राज्यको दायित्व हो,' उनले भनिन्। उनले नेपाल जलस्रोत, जंगल, जडिबुटी, कृषि उपज, खनिज सम्पदा, प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताका दृष्टिले सम्पन्न मुलुक भए पनि उपलब्ध स्रोतसाधनको दिगो र वातावरणमैत्री उपयोगमा जोड दिनुपर्ने बताइन्।
जलवायु परिवर्तन र प्राकृतिक विपद्का बढ्दो जोखिमलाई ध्यानमा राख्दै प्राकृतिक स्रोतमा आधारित हरित उद्योगको विकास गर्नुपर्ने उनको भनाइ छ। भण्डारीले जलविद्युत, खाद्य प्रशोधन, जडिबुटी, वन पैदावार तथा खनिजमा आधारित उद्योगको प्रवर्द्धन र वातावरणमैत्री पर्यटन विस्तारबाट रोजगारी सिर्जना गर्न, आयात प्रतिस्थापन गर्न तथा निर्यात प्रवर्द्धन गर्न सकिने बताइन्।
More politics
- Democrats gain ground in battle for Congress with North Carolina flipKathmandu Post
- NPL Season 3 offers a promising platform for emerging Bangladeshi talentKathmandu Post
- When fear, favour and fervour drive the systemKathmandu Post
- Improving disaster communicationKathmandu Post
- Ex-PM Nepal, ex-minister Rijal among 97 charged in Morang land swap scamKathmandu Post
- A butterfly haven on Kathmandu’s doorstepKathmandu Post