सुनार टोलमा सामुहिक तिहार : दक्षिणा, कोसेली र खर्च पनि बराबरी
Read the full story at Thaha Khabar

धनकुटा : धनकुटाको पाख्रीबास नगरपालिका–७ मुगास्थित सुनार टोलका बासिन्दाले विगत १० वर्षदेखि सामूहिक रूपमा तिहार मनाउँदै आएका छन्। परिवार र आफन्तबीच सीमित हुँदै गएको तिहारलाई सामूहिक उत्सवका रूपमा मनाउने यो परम्परा स्थानीय नगेन्द्र गहतराजको पहलमा सुरु भएको हो। दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्ध आत्मीय र प्रगाढ बनाइराख्ने उद्देश्यले सामूहिक रूपमा तिहार मनाउने चलन सुरु गरिएको गहतराजले बताए। टोलमा रहेको सानो सामुदायिक घर सामूहिक तिहार मनाउने साझा थलो बनेको छ।
यस टोलमा तिहार मनाउँदा लाग्ने खर्च सबै घरपरिवारले बराबरी बाँड्ने गरेका छन्। दिदीबहिनीले पनि सबै दाजुभाइलाई एउटै प्रकारका कोसेली दिने चलन छ। भाइटीकामा दिदीबहिनीले दक्षिणा पनि व्यक्तिगत रूपमा नराखी बराबरी बाँड्ने गरेका छन्। कसैले बढी र कसैले कम पाउने अवस्था अन्त्य गरी सबै परिवारबीच समानता र आत्मीयता कायम गर्ने उद्देश्यले यस्तो अभ्यास गरिएको गहतराजले बताए।
सामाजिक तथा राजनीतिक गतिविधिमा समेत सक्रिय सुनार टोलबाट बहुदलीय व्यवस्था पुनःस्थापनापछि दुई जना स्थानीय वडाध्यक्ष बनिसकेका छन्। व्यक्तिगत रूपमा मनाइने चाडलाई सामूहिक उत्सवमा रूपान्तरण गर्दै आएको सुनार टोलका बासिन्दाले तिहार टीका र दक्षिणामा मात्र सीमित नभई आपसी सम्बन्ध, सद्भाव र सहकार्य अभिवृद्धि गर्ने पर्व भएको सन्देश दिन खोजेका छन्।
More society
- सीईओ हुआङ र ‘जासुस’ चिनियाँ महिलाको सम्बन्ध अनुसन्धान गर्न एनभिडियाले तोक्यो ल फर्मNepal Khabar
- विपद्सँग जुध्न पूर्वसूचना प्रणालीलाई समुदायमैत्री बनाउनुपर्नेमा जोडNepal Khabar
- भाइटीकामा २४ सय यात्रुलाई सशस्त्र प्रहरीको निःशुल्क बस सेवाNepal Khabar
- ‘Maulana’s contribution to education remains an inspiration’The Hindu
- Keralam Health department to expand nursing education infrastructureThe Hindu
- Louisiana court restores man's will leaving entire estate to wife after six children challenge itTimes of India