Skip to main content
अर्थतन्त्रBizmandu

पुँजीकोष संकुचित भएका लघुवित्तको उद्दार गर्न राष्ट्र बैंक तयार, हकप्रद सेयर बेच्न दिने

Read the full story at Bizmandu

पुँजीकोष संकुचित भएका लघुवित्तको उद्दार गर्न राष्ट्र बैंक तयार, हकप्रद सेयर बेच्न दिने

काठमाडौं। ऋण असुली प्रभावित भइ बढेको कर्जा नोक्सानीले पुँजीकोष संकुचित भएपछि अधिकांश लघुवित्त संस्थाले हकप्रद सेयरलाई विकल्पका रुपमा लिएका छन्। पुँजीकोषमा दबाबले व्यवसाय विस्तार गर्न नसक्ने अवस्था निम्तिएपछि लघुवित्त संस्थाहरु हकप्रद सेयरलाई विकल्पको रुपमा लिंदै राष्ट्र बैंकको निर्णय पर्खिएर बसेका छन्। लघुवित्त बैंकर्स संघले पुँजीकोषको समस्या समाधान गर्न हकप्रद सेयर निष्कासनका लागि लबिङ गर्दै आइरहेको छ।

संघका अध्यक्ष रामबहादुर यादव पर्याप्त पैसा हुँदा पनि पुँजीकोष दबाबका कारण अधिकांश लघुवित्त संस्था लगानी बढाउन नसक्ने अवस्थामा रहेकाले राष्ट्र बैंकले हकप्रद सेयर जारी गर्न दिनुपर्ने बताउँछन्। ‘अहिले सबै लघुवित्त पैसा भए पनि लगानी बढाउन सक्ने स्थितिमा छैनन्। पुँजीकोष दबाबका कारण करिब दुई दर्जन लघुवित्त कर्जा लगानी बढाउन नसक्ने अवस्थामा छन्। असुलीको समस्या छ,’ उनले भने, ‘पुँजीकोष समस्या हकप्रद सेयर जारी गर्न दिए मात्रै समाधान हुन्छ।

त्यसैले हामीले राष्ट्र बैंकसँग हकप्रद सेयर निष्कासनको अनुमति दिन माग गरिरहेका छौं। ’ अप्ठेरोमा परेका दुई वटा लघुवित्तले हकप्रद सेयरको पूर्वस्वीकृति माग्दै राष्ट्र बैंकमा निवेदन दिइसकेका छन्। अरु लघुवित्त ती दुई लघुवित्तको हकमा राष्ट्र बैंकले गर्ने निर्णय पर्खिएर बसेका छन्।