आईजीपीमा फर्काउन माग गर्दै सर्वोच्चमा कार्कीले पेस गरे अच्युतकृष्ण र हितेन्द्रदेवको नजिर
Read the full story at Nepal Khabar

प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट सरकारले हठात् हटाएका दानबहादुर कार्कीले पेस गरेको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ। शुक्रबार रिट दर्ता गर्दै कात्तिक ३० गतेका लागि पेसी तोकिएको कार्कीका वारेस आभास रेग्मीले जानकारी दिए। सरकारले बुधबार आईजीपीबाट हटाएपछि कार्कीले वारेसमार्फत भोलिपल्टै बिहीबार सर्वोच्चमा रिट पेस गरेका थिए। तर एकदिन अध्ययन गरेर अदालतले रिट शुक्रबार दर्ता गरेको हो।
रिटमा कार्कीले सरकारले हटाउने निर्णय गर्दा आफूलाई कुनै सूचना नदिएको, परामर्श नगरेको, सहमति नलिएको र स्पष्टीकरणसमेत नमागेको दाबी गरेका छन्। उनका अनुसार निर्णयको जानकारी सुरुमा सञ्चारमाध्यमबाट र पछि गृहसचिवको हस्ताक्षरमा प्राप्त पत्रमा 'विशेष सुरक्षा सल्लाहकार पदमा खटाइएको सम्बन्धमा' भनेर दिइएको थियो। पत्रमा कात्तिक १८ देखि नै लागु हुनेगरी प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पदमा खटाइएको उल्लेख छ। सोही पत्रमा कार्यक्षेत्रगत सर्त पनि तोकिएका छन्।
जसमा भनिएको छ, 'प्रधानमन्त्रीलाई मुलुकको सुरक्षा व्यवस्थापनसम्बन्धी विषयमा सल्लाह, सुझाव र परामर्श दिने। ' 'मलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्दा जारी मिति २०८२ कात्तिक २६ को पत्रमा नेपाल प्रहरीको गरिमालाई उच्च बनाई राख्न अपेक्षा गरिएको थियो। तर मलाई यो पत्रमा नेपाल सरकारको गरिमालाई उच्च बनाई राख्न अपेक्षा गरिएको छ।
More politics
- As arrest rumours swirl, Congress sees plot to silence ThapaKathmandu Post
- Passengers to get live view of baggage handling at Kathmandu airportKathmandu Post
- Bagmati Province to build homes for 1,000 homeless familiesKathmandu Post
- Nepal sets up round-the-clock centre to combat online financial scamsKathmandu Post
- Naresh Bhatt says he dismembered wife’s body after finding her deadKathmandu Post
- Winning the toss is not benefiting the teams in NPL Season 3Kathmandu Post