'बाटुलो जून'का दृश्य सामाजिक सञ्जालमा अपलोड गर्नेविरूद्ध साइबर ब्युरोमा उजुरी
Read the full story at Setopati

बिहीबारदेखि प्रदर्शनमा आएको फिल्म 'बाटुलो जून'का दृश्यहरू हलभित्रैबाट रेकर्ड गरी सामाजिक सञ्जालमा अपलोड गर्ने प्रयोगकर्ताविरूद्ध निर्माण पक्षले साइबर ब्युरोमा उजुरी दिएको छ। निर्माण कम्पनी सनराइज पिक्चर्स प्रालिले शुक्रबार सम्बन्धित प्रयोगकर्ताको प्रमाणसहित साइबर ब्युरोमा उजुरी दर्ता गराएको हो।
निर्माण पक्षले प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको छ। फिल्मका विभिन्न दृश्यहरू टिकटक, फेसबुक, इन्स्टाग्राम, युट्युब लगायतका सामाजिक सञ्जालमा अनधिकृत रूपमा रेकर्ड तथा अपलोड भइरहेको भन्दै निर्माण पक्षले यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरेको छ।
निर्माण कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, 'फिल्मका दृश्यहरू अनधिकृत रूपमा रेकर्ड, अपलोड तथा शेयर नगर्न र यसअघि अपलोड गरिएका सामग्री तत्काल हटाउन सम्बन्धित सबैमा आग्रह गर्दछौं। ' यस्ता गतिविधिमा संलग्न व्यक्ति तथा संस्थाविरूद्ध प्रचलित कानुनबमोजिम आवश्यक कानुनी कारबाही अगाडि बढाइएको पनि निर्माण पक्षले जनाएको छ।
More tech
- How Mamta Kafle case shows why digital records matter when a Nepali disappears abroadKathmandu Post
- Thailand bets on local AI as Chinese drones dominate its skiesSouth China Morning Post
- China’s SMIC sees AI computing crunch until 2028 as Nvidia heat risks tighter chip curbsSouth China Morning Post
- Prix Pascal: If AI writes your book, are you still a writer?The Hindu
- Microsoft Outage LIVE: Microsoft says steps to fix Outlook outage not going 'as expected'The Hindu
- डिजिटल रूपान्तरणका लागि प्रविधिमा अग्रणी देशहरूसँग सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिनाRatopati