Skip to main content
राजनीतिNepal Khabar2 outlets covering

राष्ट्रसंघका एआई विज्ञ निक काठमाडौंमा

Read the full story at Nepal Khabar

राष्ट्रसंघका एआई विज्ञ निक काठमाडौंमा

संयुक्त राष्ट्रसंघको डेटा गभर्नेन्स कार्यसमूहका सदस्य तथा कृत्रिम बुद्धिमत्ता (एआई) र साइबर सुरक्षा नीतिसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ निक एस्टन-हार्ट नेपाल आएका छन्। शनिबार काठमाडौंको होटल हिमालयमा 'नेसनल एआई समिट २०२६' आयोजना हुँदै छ। सम्मेलनमा सहभागी हुनका लागि उनी काठमाडौं आइपुगेका हुन्।

निक कार्यक्रमको प्रमुख वक्ता रहेको सम्मेलन आयोजक संस्था डिजिटल मिडिया फाउन्डेसनका अध्यक्ष प्रवेश सुवेदीले जानकारी दिए। उनले विश्वव्यापी एआई प्रतिस्पर्धामा नेपालजस्ता तेस्रो विश्वका मुलुकले कसरी आफ्नो स्थान बनाउन सक्छन् भन्ने विषयमा केन्द्रित रहेर मन्तव्य दिने भएका छन्। विश्वव्यापी एआई प्रतिस्पर्धा, डिजिटल सार्वभौमिकता र नेपालमा एआईको रणनीतिक सम्भावना तथा चुनौतीजस्ता विषय उनको मन्तव्यमा समेटिने आयोजकले जानकारी दिएका छन्।

निक लामो समयदेखि डिजिटल प्रविधि, अन्तर्राष्ट्रिय व्यापार, डिजिटल गभर्नेन्स र साइबर सुरक्षासम्बन्धी विश्वव्यापी नीति निर्माणमा सक्रिय छन्। उनी दुई दशकभन्दा बढी समयदेखि संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्र, बहुराष्ट्रिय कम्पनी तथा अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्यमा डिजिटल अर्थतन्त्र र प्रविधिसम्बन्धी नीति निर्माणमा भूमिका खेल्दै आएका छन्। यस वर्ष 'फ्रम प्रमिस टु प्रोग्रेसस् अपस्केलिङ नेपाल्स एआई क्यापासिटी' भन्ने मूल नारामा केन्द्रित हुनेछ।