Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

स्याफ्रुबेसीको पुल पुनः सञ्चालनमा

Read the full story at Onlinekhabar (Nepali)

स्याफ्रुबेसीको पुल पुनः सञ्चालनमा

भदौ १० गते आएको बाढीका कारण क्षतिग्रस्त भएको रसुवाको स्याफ्रुबेँसीस्थित पुलको पुनर्निर्माण सम्पन्न भएसँगै पुनः सञ्चालनमा आएको छ । २३ कात्तिक, काठमाडौं ।

भदौ १० गते आएको बाढीका कारण क्षतिग्रस्त भएको रसुवाको स्याफ्रुबेँसीस्थित पुलको पुनर्निर्माण सम्पन्न भएसँगै पुनः सञ्चालनमा आएको छ । नेपाल रेडक्रस सोसाइटी, गोसाइँकुण्ड तथा आमाछोदिङमो गाउँपालिकाका वडा प्रतिनिधि एवं कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय समुदायको संयुक्त श्रमदानमा तीन दिनमै पुल पुनर्निर्माण गरिएको हो ।

नेपाल रेडक्रसले पुलका लागि आवश्यक सामग्री र मिस्त्रीको ज्याला उपलब्ध गराउने जनाइएको छ । विपद्को कठिन घडीमा सबै पक्षको एकता, सहकार्य र सामूहिक प्रयासबाट छोटो समयमै पुल पुनर्निर्माण हुनु उदाहरणीय भएको नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य शारदा कुमार न्यौपानेले बताए ।